
दीननाथ बराल,
पोखरा १, भदौं,
२२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु भएको छ । गत साउनको १० देखि ३१ गते सम्म पोखराका विभिन्न अस्पतालमा उपचार हुदै गरेका डेंगु संक्रमणका एक महिला सहित ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ ।
पोखराको फिष्टेल हस्पिटलमा पोखरा ५, प्रस्र्याङ बस्ने ५२ बर्षकी एक महिलाको डेंगु शंक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो । त्यसै गरी पोखरा १२ बस्ने ४० बर्षका एक पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उपचारकै क्रममा मृत्यु भएको छ भने तनहुँबाट डेंगु शंक्रमण भई पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भई उपचारकै क्रममा ४८ बर्षका एक पुरुषको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
पोखरा ५ की महिला साउन ३१ गते विहान अस्पतालमा आएसंगै बेलुका उहाँको मृत्यु भएको हो भने तनहुँका बिरामीले साउन ५ गते अस्पतालमा भर्ना भए पनि १० गते मृत्यु भएको थियो भने पोखरा १२ का पुरुषको साउन २२ गते भर्ना भए पनि २९ गते उहाँको उपचारकै क्रममा मृत्यु भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताउनु भयो । पोखरामा डेंगु शंक्रमण बढेकोले सर्तक रहन चिकित्सिकले सुझाव दिनु भएको छ ।




