समाचार

गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

दीननाथ बराल,पोखरा, ३१ भदौ, गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ… पुरा पढौ

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारीले मुख्यमन्त्री कार्यालयमा सपथ ग्रहण गर्दा बाहिर बिरोध

दीननाथ बराल, पोखरा ३१, भदौ, गण्डकी प्रदेशको प्रेस रजिस्टारमा हालै नियुक्त हुनु भएको बिमला भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सपथ ग्रहण लिई रहदा त्यसको मुल गेट अगाडी बिषेधित क्षेत्रमा बाहिर बिरोध प्रर्दशन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउदै गर्दा पोखराका केही क्रियाशिल युवा पत्रकारको समुहले बिरोध गर्दै कास्कीबाट सिफारिस भएका सबै पत्रकारले नयाँ सदस्यता पाउनु पर्ने माग गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम संचारको पक्षमा… पुरा पढौ

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला गरिएको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले आयोजना गर्ने उक्त प्रतियोगिताको आइतवारदेखि अनलाइन रजिष्ट्रेशन खुला गरिएको हो । उक्त प्रतियोगितमा सहभागी हुनका लागि https://pokharaclick.com/first-hill-running-competition-registration-form/ लिंकमा क्लिक गरेर दर्ता गर्नुपर्ने आयोजकद्वारा जनाइएको छ । सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस र सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाइँदै आएको सन्दर्भमा पोखरा क्लिकले पोखरा २२ मा पहिलो पटक पर्वतीय दौड आयोजना गर्न लागेको हो… पुरा पढौ

पोखरामा पनि ओमोडा र जेको गाडी बिक्रि वितरण सुरु

पोखरा ३१, भदौ पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले एक समारोहका बिच नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रुपमा लन्च गरेको छ । पोखरामा हालै आयोजित लन्च इभेन्ट मार्फत गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शनका लागि जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरेको हो । ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको हो । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महा प्रबन्धक… पुरा पढौ

पोखराको सेतीनदी माथि निर्माण हुन लागेको पुल निमार्णको काम पुनः दुई महिना देखि ठप्प

दीननाथ बराल, पोखरा ३१, भदौ, पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पोखरा पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुदै गरेको दुई वटा पुलहरु मध्य माथिल्लो पट्टि निर्माण हुदै गरेको पुलको काम पुनः दुई महिना देखि ठप्प भएको छ । हाल उक्त क्षेत्रमा एक कार वास कम्पनी र स्थानियको अबरोधका कारण विगत दुई महिना देखि जग खन्ने काम नै अघि बढ्न नसकेको रसुवा कन्स्ट्रक्सन प्रा.ली.का प्रतिनिधि सुदर्शन देवकोटाले बताए । माथिल्लो पुलको बायाँ साइडमा जग खन्ने क्रममा रोयल कार वास सहितको स्थानियको अबरोधका… पुरा पढौ

युनाइटेड क्लवद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन १३ औं पोखरा महोत्सव पुुषको अन्तिम साता

पोखरा ३०, भदौ, युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद ब्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

पोखरा ३०, भदौ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाबाट कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्प्रर्धी अर्जुन पोखरेलले भने ८ सय ५१ मत प्राप्त गरे । पोखरेल प्यानल सहितको टिम चुनावी मैदानमा उत्रिएको थियो भने कार्की अध्यक्षका एक्ला उमेदवारको रुपमा प्रस्तुत भएका थिए । त्यसै गरी उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन पोखरेल प्यानलबाट प्रतिष्प्रर्धामा रहेका… पुरा पढौ

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

पोखरा, ३० भदौ पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ । खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन्। ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय… पुरा पढौ

ऐतिहासिक ओलम्पिक पदक बिजेता पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

पोखरा, भदौ ३० गते पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो । ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्र द्वारा सम्मान गरिएको… पुरा पढौ

सहारा क्लवद्धारा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अक्षयकोषमा ५१ हजार सहयोग हस्तान्तरण

पोखरा ३०, भदौ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई सहयोग हस्तान्तरण गरेको हो । उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले… पुरा पढौ

This will close in 20 seconds