पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की बिजयी

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८१ मा प्रकाशित


पोखरा ३०, भदौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाबाट कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिष्प्रर्धी अर्जुन पोखरेलले भने ८ सय ५१ मत प्राप्त गरे । पोखरेल प्यानल सहितको टिम चुनावी मैदानमा उत्रिएको थियो भने कार्की अध्यक्षका एक्ला उमेदवारको रुपमा प्रस्तुत भएका थिए ।

त्यसै गरी उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन पोखरेल प्यानलबाट प्रतिष्प्रर्धामा रहेका बालकृष्ण कोईरालालाई १ सय ३० मत अन्तरले पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धोन्दि कोईरालाले १ हजार ४७ मत प्राप्त गरे ।

संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बाँस्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका थिए ।
निर्वाचनबाट सदस्यमा ललितबहादुर कुँवर, देवेन्द्र प्रजू, सौगात थापा, दूधमान गुरुङ, भीम गौतम, टीकाराम सुवेदी, जीवनप्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी र यादवराज पोखरेल निर्वाचित भएका छन् ।

कुँवर १५३९, प्रजुले १५१६, थापाले १४९४, आशिषले १४६८ र गौतम १४३९, माधवले १३९४, श्रेष्ठ १३८३, तिमिल्सिनाले १३७५, राजभण्डारी १३७० र पोखरेल १३०० मत प्राप्त गरी बिजयी भएका छन् । संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भए ।