समाचार

सामुदायिक विद्यालयमा फुटबल प्रशिक्षण कार्यक्रम शुरु

युनाईटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउण्डेसनको सहयोगमा र एन्फा कास्की, पोखरा महानगरको खेलकुद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा पोखराका पाँच विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । ‘फुटबल फर फ्युचर’ परियोजनाको अभिमुखीकरण कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युनिकन संस्थाका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयको विद्यार्थीहरू यस किसिमको अवसरबाट बञ्चित हुन नपरोस् भनि यो कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो । कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने र सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै… पुरा पढौ

नेपालद्धारा नेदरल्याण्डलाई १ सय ७ रनको लक्ष्य

आइसीसी टि —२० विश्वकप २०२४ अन्र्तगत आएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो लक्ष्य दिएको छ । आफ्नो पहिलो खेलमा नेपालले नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलेको हो । एसोसिएट क्रिकेटकै बलियो मानिएकाृे नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ खराब प्रर्दशन भएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार… पुरा पढौ

चार्टर्ड एकाउण्टेण्टहरुलाई पोखरामा बजेट सम्बन्धि प्रशिक्षण

दीननाथ बराल, चार्टर्ड एकाउण्टेण्टहरुलाई पोखरामा बजेट सम्बन्धि प्रशिक्षण गराइएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कास्कीले हालै पोखरामा ’बजेट २०८१÷०८२ मा कर प्रक्रिया र अन्तरक्रिया कार्यक्रम बारे प्रशिक्षण’ आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा सहभागिहरुले बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसंग सहकार्य गरी गर्न सुझाव दिनु भएको छ । संघिय सरकारले हालै ल्याउको बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसंगको सहकार्य र समन्वय गर्न सुझाव दिनु भएको हो । अघिल्लो बर्षको तुलानमा एक खर्ब १५ अर्ब जसो बढी बजेट आए पनि केही… पुरा पढौ

‘सौन्दर्यकलाः पढाई सकेको भोलिपल्टदेखि कमाउन सकिन्छ’पश्चिमाञ्चल माविमा सौन्दर्य कलाको अध्यापन

पोखरा, जेठ २२, गैहपाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार सौन्दर्यकलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती छन । उनीहरुलाई सौन्दर्य कलाको क्षेत्रमा आकर्षण बढाउन विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण दिइएको हो । पश्चिमाञ्चल माविले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश… पुरा पढौ

पोखराको श्रमाधान रोजगार मेलामा ५ हजारले अवलोकन गरे, केहीलाई रोजगारको अवसर

दीननाथ बराल, पोखरा २२, जेठ, पोखरामा मंगलबार सम्पन्न भएको श्रमाधान रोजगार मेलामा ५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा दुई दिन संचालन भएको उक्त मेलामा ५ हजार बढीले अवलोकन गर्दा विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले ३ सय ५८ जनालाई रोजगारको अवसर दिने भएका छन्। श्रमिक र रोजगारदाताहरुलाई जोड्न योजना सहित सुरु भएको उक्त मेलामा पोखराको घरना ग्रुप लक्ष्मी हाउस, नेपालकै चर्चीत घरना समुह सि.जी.ग्रुप, सुर्य नेपाल, होंसि सिमेन्ट, रोजगार डटकम लगायतकाले रोजगारको खोजि गरेको श्रम रोजगार कार्यालय… पुरा पढौ

पोखराको अर्को पर्यटकीय गन्तव्य फेवाताल पारिको छोटो पदमार्ग

दीननाथ बराल, पोखरा २२, जेठ, पोखरा आउने अधिकांश पर्यटकहरु पद यात्रामा जान चाहेका हुन्छन यद्यपी धेरै ठाँउका पद मार्गहरु मासिदै सडकमा परिणत भएको अबस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको किनारमा पर्यटकहरुको लागि गन्तव्य बनेको छ । भ्यू फेवा, राउन्ड फेवा पदमार्ग नाम दिइएको उक्त पदमार्ग हालै संचालनमा आएसंगै पोखराको मुख्यबजार देखि नजिक रहेको उक्त पदमार्गको अब प्रबद्र्धन गरी पोखरा आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई त्यहाँसम्म पुर्याउन सके पोखरामा पर्यटकको एक दिनको बसाई अवधि लम्बिने भएको छ । गण्डकी प्रदेशको राजधानि… पुरा पढौ

अभियानका सदस्यहरुलाई मादल, खैजडी र मुजुरा बजाउने तालिम

पोखरा, २२ जेठ, पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्ग स्थित अभियान महिला समुहका सदस्यहरुले मादल, खैजडी र मुजुरा बजाउनका लागि सीपमुलक तालिम लिएका छन् । समुहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा समुहमा आबद्ध ३५ जना सदस्यहरुले सो सीपमुलक तालिम लिएका हुन् । पाँच दिनसम्म संचालन भएको तालिममा सहभागिहरुलाई रुद्र सुवेदी च्वाईले खैजडी र मुजुरा, सुनीता पौडेलले मादल बजाउने सगै अन्य विविध विषयमा सहजिकरण गरेका समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । सिप सिकै आत्मनिर्भर बनौ… पुरा पढौ

पोखरामा सुरु भएको श्रमाधान रोजगार मेलामा रोजगार खोज्नेहरुको भिड

पोखरामा सुरु भएको श्रमाधान रोजगार मेलामा रोजगार खोज्नेहरुको भिड लागेको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय–गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सह आयोजना र होटल संघ नेपाल (हान) को संयोजनमा पोखरा ६, बुलौदीको पोखरा इभेण्ट सेन्टरमा सुरु भएको मेलामा रोजगार खोज्नेहरुको भिड लागेको हो । गण्डकी प्रदेशको राजधानी पोखरामा श्रमिक… पुरा पढौ

बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरामा बिद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक कास्की रुपा गाउँपालिका वडा नं। ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई पक्राउ गरिएको छ । जेठ १३ गते पिटेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति आइतबार पक्राउ… पुरा पढौ

पोखरा १ स्कुलस्तरीय बास्केटबलः छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्यश्वरी च्याम्पियन

पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो । यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी… पुरा पढौ