नेलम्बो नेपालको प्राविधिक सहयोगमा सहारामा निःशुल्क दन्त शिविर

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८१ मा प्रकाशित


पोखरा १३, भदौं,

पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा चार दिने निःशुल्क दन्त शिविर जारी रहेको छ । “स्वस्थ दाँत स्वस्थ जीवन” भन्‍ने नाराका साथ सञ्‍चालन भएको कार्यक्रमको समन्वय पोखरा महानगरपालिका सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९, ले गरेको हो। शुक्रबार सम्म चल्ने कार्यक्रमको उद्‍घाटनका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा नेलम्बो नेपाल मार्फत दन्त शिविर सञ्‍चालन गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, वि।व्य।स। पदाधिकारीहरुलाई लक्षित गरि राखिएको कार्यक्रममा विद्यालयका सल्लाहकार विष्णु सुवेदी र सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले मन्तव्य राखेका थिए। कार्यक्रमका विशेष अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले शिविरमा निःशुल्क रूपमा दाँतको परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको च्ऋत्, गिँजाको उपचार मुख र कान सम्बन्धी सचेतना प्रदान गरिने बताए । सोही क्रममा अध्यक्ष देवकोटाले शिविर सञ्‍चालनको एक महिना पश्‍चात पूनस् फलोअप कार्यक्रम समेत राख्‍ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कक्षा ८ मा अध्ययनरत छात्रा मेनुका तामाङलाई ओपीडी नोट हस्तान्तरण गरि दन्त शिविरको विधिवत रुपमा शुभारम्भ गरेका थए।सोही क्रममा बोल्दै प्रमुख अतिथी मर्सानीले स्थानीय तहले पनि अब विद्यालयका वालबालिकाहरुको स्वास्थ्यमा चासो व्यक्त गर्दै यस किसिमका कार्यक्रमहरु सञ्‍चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सञ्‍चालन भएको कार्यक्रममा बोल्दै अध्यक्ष थकालीले नेलम्बो नेपालले आफ्नो मोबाइल भेन मार्फत निस् शुल्क रुपमा सम्पूर्ण सेवा प्रदान गर्ने कार्यक्रम प्रति निकै खुसी व्यक्त गर्दै सहयोगी संस्था तथा उपस्थित अतिथीहरु सम्पूर्णलाई आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए सोहि क्रममा थकालीले आफ्नो खेलकुद क्षेत्रका विभिन्‍न पदमा रहेको अनुभव भएपनि शैक्षिक संस्थाको नेतृत्वमा पहिलो पटक रहेको बताउँदै सबैको साथ र सहयोगले विद्यालयलाई अगाडि बढाउन सकिने धारणा राखे ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्‍चालन गरेको कार्यक्रममा जनप्रतिनिधि नन्दराम गिरी, अक्षयकोषदाताहरु, निलम्बो नेपालका प्रतिनिधिहरु, शिक्षक, अभिभावक, विद्यार्थी, सहारा हंङकङका प्रतिनिधि, विभिन्‍न टोल विकास र आमा समूहका प्रतिनिधिहरु, सहारा क्लबका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।



This will close in 20 seconds