लेकसाईड होटेलियर्स क्लबद्धारा पोखरामा कर सम्बन्धि एक दिने तालिम, कर छुटको अवसर…..

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १३, भदौं,

पोखराको लेकसाईड होटेलियर्स क्लबले होटल व्यवसायीहरुलाई कर सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । विहिबार पोखराको लेकसाइड स्थित माई होटलको सभाहलमा आयोजना गरेको एक दिने कर सम्बन्धि तालिममा करिब ५० जनाको सहभागिता रहेको क्लवका उपाध्यक्ष ईशान खड्काले बताए ।

उक्त तालिमको उद्घाटन गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले उधारो कारोवार ऐेन नभएकोले नेपालमा उधारो कारोवार गर्दा त्यसको लेखाजोखा गर्न कठिन भएको बताए । धेरै देशमा उधारो कारोवार ऐन भएकोले नेपालमा पनि ल्याउन छलफल चलेको उनले जनाए । मदीरा र सुर्तीजन्य व्यवसाय गर्नेहरुले अन्त शुल्क साउन मसान्तर भित्र नविकरण गर्नुपर्नेमा ढिला भएमा जतिसक्दो छिटो नविकरण गर्न उनले आग्रह गरे ।

विगत ७ बर्ष देखि पोखरा क्षेत्रका होटलहरुबाट आयकर निकै कम संकलन भएको बताए । भूकम्प त्यस पछि कोरोना शंक्रमण लगायतका कारण देखाउदै व्यवसायीहरुले आय कर खासै नतिरेको उनले जनाए ।

होटलहरुमा नाफा भएर पनि नदेखाएका हुन वा अबस्था यस्तै हो यसको बारेमा बुझ्न नसकिएको बताउदै प्रमुख कर अधिकृत शर्माले पोखराका सबै जसो होटलहरुले नाफा गर्न नसके पनि केहीले त राम्रै नाफा गरे पनि त्यसको शहि विवरण नबुझाउदा सधै घाटा देखिने गरेको जनाए । ६० हजार व्यावसायिक करदाता रहेको उल्लेख गर्दै प्रमुख कर अधिकृत शर्माले धेरै व्यक्तिहरुले आफुले तिर्नुपर्ने कर र नविकरण समयमै नगर्दा जरिबाना तिर्ने गरेको दाबी गरे ।

कोरोना पछि पोखरा क्षेत्रको होटल व्यवसाय अझै पहिलाकै अबस्थामा आउन नसकेको व्यवसायीले गुनासो गरे । संस्था दर्ता गर्दा जति सजिलो हुन्छ तर संस्था बन्द गर्दा अनावश्यक झनझटीलो प्रकृयाले आफुहरुलाई व्यवसाय गर्न कठिन हुने गरेको व्यवसायीहरुले गुनासो समेत गरेका थिए । व्यवसायले तिरेको कर उचित ढंगले सदुपयोग सहित व्यवसायको हकहितमा समेत खर्चन उनीहरुले माग गरे । क्लवले आगामी दिनमा विभिन्न तालिम तथा प्रशिक्षण एवं व्यवसायीको क्षमता अभिबृद्धि गराउने कार्यक्रम गर्दै जाने योजना रहेको क्लवका अध्यक्ष सुनिल पौडेलले बताउनु भयो । अध्यक्ष पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पोखरा क्षेत्रमा होटलहरु बन्ने र मर्मत हुने क्रम जारी रहेको छ । पोखरा क्षेत्रमा पर्यटकीय स्तरिय करिब ८ सयको हाराहारीमा रहेका छन्।