पोखरामा भोलि हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने

-


     पोखरा क्लिक     
     असार ४ गते २०८३ मा प्रकाशित


पोखरा,

प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए । सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ९कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत० आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउँदैछन् ।

उनका अनुसार रंगशालाको बहुद्देश्यीय भवनममा हुने उद्घाटन खेलमा टिम कर्पोरेट र टिम क्रियटर्सबीच हुनेछ ।
दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाडौंको टिम प्याराडाइमबीच प्रतिस्पर्धा हुने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए । केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रम विभिन्न स्टलहरु रहनेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने सो इभेन्टको चंगा स्पोर्टस्बाट प्रत्यक्ष प्रशारण हुनेछ । चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।