समाचार

चौथो संस्करणको अन्नपूर्ण म्याराथनमा ४ विदेशी सहित ६० जना धावक सहभागि हुने

दीननाथ बराल, पोखरा २०, जेठ, अन्नपूर्ण पदमार्गमा भोलि (सोमबार) आयोजना हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ मा ४ विदेशी सहित ६० जना धावकहरु सहभागि हुने भएका छन्। अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आधार शिविरबाट सोमबार विहान सुरु हुने उक्त प्रतियोगितामा ४ वेलायतका धावक सहित ६० जना धावक सहभागि हुने भएको समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो । प्रतियोगितामा १ विदेशी सहित ११ जना महिला र ४९ जना पुरुष… पुरा पढौ

सुटिङ संघ गण्डकीको पदस्थापना, पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोड

दीननाथ बराल,पोखरा २०, जेठ, नेपालले पदकको आशा गरेको सुटिङ खेलको प्रबद्र्धन गर्न गण्डकी प्रदेशको राजधानि पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न जोडदार माग गरिएको छ । सुटिङ संघ गण्डकीको शनिबार साँझ पदस्थापना तथा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताउनु भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा सुटिङ ट्रेनिङ सेन्टर स्थापना गर्न सहयोग गर्ने बताउनु भयो । खेलाडी उत्पादनमा जोड दिदैँ उहाँले अर्जुन दृष्टिका साथ सुटिङ खेलको विकास गर्न आग्रह गर्नु… पुरा पढौ

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका लागि एक दिवसीय सचेतना मुलक कार्यक्रम

पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले… पुरा पढौ

परम्परागत ठेलो खेलमा स्याङजाका ‘दुजिक’ बने च्याम्पियन

तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् ।म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४।३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४।२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३।०० मिटरको दुरी फाल्दै तेस्रो बने । च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे ।… पुरा पढौ

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न, गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ ।कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा हालै सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित च्याम्पियन बनेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् । यस्तै पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले… पुरा पढौ

किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर

युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे । सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर… पुरा पढौ

मिस एसएलसी पोखरा(२०१४ की रनरअप करुणा मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट

मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ुनेशनल लिडरसिप फोरमुमा सहभागी भएको अनुभव समेत छ । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह,… पुरा पढौ

अन्नपूर्ण दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्दै मनाइदै

दीननाथ बराल, अन्नपूर्ण दिवस पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । जुन ३ अर्थात अन्नपूर्ण दिवसको अवसरमा पोखरामा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस विभिन्न कार्यक्रमका साथ पोखरामा मनाइने भएको निमिक्त प्रमुख पोखरेलले बताउनु भयो । आइतबार कास्कीको धिताल गाउँ हुँदै अस्तामसम्मको… पुरा पढौ

पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि… पुरा पढौ

टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको… पुरा पढौ