अन्नपूर्ण दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्दै मनाइदै

-


     पोखरा क्लिक     
     जेठ २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

अन्नपूर्ण दिवस पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । जुन ३ अर्थात अन्नपूर्ण दिवसको अवसरमा पोखरामा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमिक्त प्रमुख नविन पोखरेलले बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना, टान गण्डकी प्रदेशको समन्वयमा यस बर्ष अन्नपूर्ण प्रथमको ७४ औं आरोहण दिवस विभिन्न कार्यक्रमका साथ पोखरामा मनाइने भएको निमिक्त प्रमुख पोखरेलले बताउनु भयो । आइतबार कास्कीको धिताल गाउँ हुँदै अस्तामसम्मको पदयात्रा हुदै छ । उक्त पद यात्रामा विभिन्न देशका राजदुत देखि कुटनितिक नियोगका प्रतिनिधि लगायतको समेत सहभागिता हुने भएको निमिक्त प्रमुख पोखरेलले जनाउनु भयो । बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगमन पछि स्वागत गरेसंगै अतिथीहरुलाई पदयात्रामा सहभागि हुनु भएको उहाँले जनाउनु भयो । पदयात्रा पछि टोली सांझ पोखरा फर्किने भएको छ । बेलुका टोलीलाई रात्रिभोजमा सरिक गराइने भएको हो ।

अन्नपूर्ण दिवसको मूल समारोह भने ३ जुन अर्थात जेठ २१ गते सोमवार विहान ८ बजेबाट सुरु हुने भएको छ । मुख्य समारोहमा गण्डकी प्रदेशका सांस्कृक्तिक पर्यटन प्रवर्द्धन र आमन्त्रित विशिष्ट पाहुनाहरुको स्वागतमा सांस्कृक्तिक रÞ्याली निकालिने भएको छ । प्याली बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयसंगको सहकार्य आयोजना हुन गईरहेको उक्त दिवस कार्यक्रम सम्पन्न गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समेत साथ र सहयोग रहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव तिर्थराज सुवेदीले बताउनु भयो । अन्नपूर्ण दिवसका कार्यक्रमका लागि टान गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीले सहकार्य गरेको छ ।

दिवसको पूर्व अवसरमा जेठ २० गते नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहित विभिन्न देशका राजदुत, परराष्ट्र सचिव, अमेरिका, बेलायत, भारत, बीन इजरायल, श्रीलका, पाकिस्तान, बतावासका उच्च अधिकारी र संयुक्त राष्टसंघीय विकास कार्यक्रम, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहितका कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता हुने भएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु भयो । उक्त अवसरमा तीन जना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजम शेर्पा र लाक्पा डेण्डी शेर्पा सहितका हिमाल आरोहीलाई सम्मान गरिने भएको छ ।

अन्नपूर्ण दिवस विश्वका ८ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो । यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा हरेक बर्ष यो जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाइने गरिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विषेश रुपमा मनाउन थालिएको हो।

पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालकै पर्यतीय पर्यटनको प्रचार प्रसार र प्रवर्द्धन हुनुको साथै यसवाट विश्व पर्यटन बजारमा समेत सकारात्मक प्रभाव सिर्जना भई समग्र नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको प्रमुख पोखरेलले जनाउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले टे«किङ रुटहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।