समाचार

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

पोखरा २, असोज, पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर… पुरा पढौ

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा, २ असोज, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो । रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए । उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं… पुरा पढौ

सामुदायिक वन समृद्धिको आधार–मन्त्री वस्याल

गण्डकी, २ असोज, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा आज पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका बिषयक कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले वनलाई पर्यापर्यटनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । सम्भाव्यता अध्ययनका… पुरा पढौ

पर्वतीय दौड सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल पार्नका लागि असोज ३ गते बिहीवारका दिन अन्तरक्रिया गरिने भएको छ । पोखरा-२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल आवश्यक भएकाले पोखरा २२ का सम्पूर्ण सरोकारवालासँग बृहत् अन्तरक्रिया राखिएको आयोजकले जनाएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ । पोखरा क्लिक… पुरा पढौ

विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

पोखरा १, असोज, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र… पुरा पढौ

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

्पोखरा, १ असोज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । विशेष कामका लागि पोखरामा आउनु भएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिनुभएको थियो । मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्नुभएको थियो । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गर्नुभयो । संघले सुरक्षित… पुरा पढौ

युआरएलको पुरस्कार र अवार्डका लागि छनोट समिति गठन

पोखरा, १ असोज, युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।… पुरा पढौ

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल, पोखराबाट क्यान्सरको उपचार हुने

दीननाथ बराल, पोखरा १, असोज, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो । एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना, उद्योगपति एवं पूर्व मन्त्री हरि पाण्डेद्धारा पाँच लाख अक्षयकोष स्थापना

पोखरा, भदौ ३१. नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा। शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।… पुरा पढौ

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा, भदौ ३१, विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल,… पुरा पढौ

This will close in 20 seconds