स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८१ मा प्रकाशित


्पोखरा, १ असोज

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ ।

विशेष कामका लागि पोखरामा आउनु भएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिनुभएको थियो ।

मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गर्नुभएको थियो । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गर्नुभयो ।

संघले सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, पुरुष बन्ध्याकरण, यौनजन्य रोग सम्बन्धि उपचार तथा परामर्श, एच.आइ.भी परिक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण लगागयतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।