
गण्डकी, २ असोज,
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा आज पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका बिषयक कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले वनलाई पर्यापर्यटनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो । सम्भाव्यता अध्ययनका आधारमा गुरुयोजना वनाएर वनलाई रोगजारसंग जोड्नु पर्नेमा जोड दिंदै उहाँले त्यसका लागि सरकार, वन महासंघ र निजी क्षेत्रको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामुदायिक वनलाई स्थानीय सरकारको जिम्ममा दिन संघ र प्रदेशसंग माग गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समाजवादको प्रवेश विन्दु भएको बताउँदै प्राकृतिक श्रोतको उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।
वन कार्यालय भएको स्थानमै वन मासिएको र तस्करले सुरक्षा पाउँदा उपभोक्ताले मुद्दा खेप्नु अवस्थाको अन्त्य भएको बताउँदै अध्यक्ष भण्डारीले वनको संरक्षण, सम्वद्र्धन र विकासको जिम्मा स्थानीय समुदायलाई प्रदान गरेसंगै नेपालको सामुदायिक वनको अवधारणा विश्वसामु परिचित भएको बताउनुभयो ।डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काप्mलेले वन समुहको वर्गीकरण गरेर आर्थिक रुपमा सम्पन्न वनले कमजोरलाई आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्दै वन पैदावार उपयोगमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष किशोर सापकोटा, महासचिव आसु विकले सामुदायिक वनको अवधारणाले वातावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
महासंघका प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्ष र सञ्चारकर्मी सहित ५४ जनाको सहभागिता रहेको कार्यक्रममा सोमत घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।





