समाचार

कोन सहकारीको भद्रकाली बहुमुखी क्याम्पसमा छात्रवृत्ति

पोखरा, २२ असार, सहकारीका अध्यक्ष बस्नेतले सामुहिक हितको लागि पारस्परिक सहयोग गर्न र स्वावलम्बी हुन धेरै भन्दा धेरै व्यक्तिहरु मिली स्थापना गरिएको संस्था नै सहकारी हो भन्नुभयो । आर्थिक कारण कुनै पनि व्यक्ति समाजमा पढाइवाट बन्चित नहुन भनी सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षवाट छात्रबृत्ति सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो । भद्रकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज रेग्मीले सहकारी क्षेत्रमा अग्रपक्तिमा रहेको संस्थाले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनाले क्याम्पस परिवारको तर्फवाट धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो । कोन सामुदायिक… पुरा पढौ

एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक

काठमाडौँ २२, असार, गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ । गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज… पुरा पढौ

प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकलाई जनही २० हजार सहित सम्मान

दीननाथ बराल,पोखरा २१, असार, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले… पुरा पढौ

शनिबार प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता पोखरामा हुने

दीननाथ बराल,पोखरा २१, असार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार (भोलि) पोखरामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ एवं मिस्टर गण्डकी च्याम्पियन हुने भएको छ । पोखरा १२ मा रहेको एस.आर. के.सी.बेन्क्वेटमा विभिन्न ५ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले बताए । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० तौल समुह माथिको विधामा प्रतिष्प्रर्धा हुने भएको उनले जनाए । ५ विधाका विजेताहरु बिच प्रतिष्प्रर्धा भई ए जना बिजेता भने मिस्टर गण्डकीको उपाधि सहित २५ हजार पुरस्कार… पुरा पढौ

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’,… पुरा पढौ

सेतीमदीको स्थापना दिवसमा आयोजित रक्तदानमा ५१ युनिट रक्त संकलन

पोखरा २१, असार पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रक्त संकलन भएको छ । आफनो १४ औ स्थापना दिवस सगै १०२ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शेयर सदस्य, कर्मचारी सगै सर्वसाधारणले रक्तदान गरेका सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगर सहकारी समितिका अध्यक्ष… पुरा पढौ

सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार फेवातालमा ६५ मिटरसम्म पानीको सतह पुग्यो

दीननाथ बराल,पोखरा २०, असार, सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार पोखराको फेवातालमा हाल करिब ६५ मिटरसम्म पानीको सतह पुगेको छ । केही दिन देखि निरन्तर बर्षा भएसंगै तालमा पानीको सतह बढेसंगै फेवातालमा हाल सर्वोच्च अदालतले तोके बमोजिमको ताल किनार देखि करिब ६० देखि ६५ मिटरसम्म पानीको सहत पुगेको जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर मोहनराज आचार्यले बताए । हाल पोखराको फेवातालमा पानीको सतह ह्वात्तै बढ्दा सर्वोच्च अदालतले दिएको निर्देशन पालना गर्न सहज हुने गरी पानीको सतहले तालमा आफ्नो पुरानो… पुरा पढौ

गण्डकीमा जारी भयो खेलकुद मापदण्ड, ‘खेलकुद सुशासनमा नयाँ आयाम’–सदस्य सचिव शर्मा

पोखरा २०, असार, गण्डकी प्रदेशमा खेल संघ÷संस्था संचालन तथा व्यवस्थापनका लागि मापदण्ड २०८१ जारी गरेको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त मापदण्ड बिहिबार जारी गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीलाई लागु गर्न पूर्ण अधिकार दिइएको उक्त मापदण्डको प्रस्तावनामा भनिएको छ–“प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ को आधारमा स्थापना तथा सञ्चालन हुने विभिन्न खेल संघ तथा ९क्लब समेत० को दर्ता नविकरण सञ्चालन व्यवस्थापन बाञ्छनिय भएकोले गण्डकी प्रदेश खेलकुद विकास नियमावली… पुरा पढौ

पोखरा रंगशालामा निस्सिम थापाको शालिक सहित पार्क निर्माण

दीननाथ बराल,पोखरा २०, असार, पोखरा रंगशालामा प्याराग्लाईडिङ पाइलट निस्सिम थापाको शालिक सहित पार्क निर्माण गरिएको छ । पोखरा रंगशाला परिसर भित्रको ओलम्पिक टर्च नजिकै निस्सिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा खेलाडी थापाकोे शालिक स्थापना गरेको हो । राष्ट्रिय खेलकुद परिषदको समन्वयमा उक्त शालिक सहित पार्क निर्माण गरेको फाउण्डेशनका अध्यक्ष एंव स्व.निस्सिम थापाका बुबा प्रकाश थापाले बताउनु भयो । पार्क निर्माणको लागि करिब ५ लाख र शालिक निर्माणमा १५ लाख लगानी भएको उहाँलेफ्रेब्रिकबाट निर्माण भएको उक्त अर्ध कदको शालिक… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

असार २०,पोखरा कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको… पुरा पढौ