पोखरा सौराहमा अत्याधुनिक सुबिधा भएको बस सेवा सुरु

-


     पोखरा क्लिक     
     असाेज १७ गते २०८१ मा प्रकाशित


पोखरा १७, असोज,

दशैं पर्वको अवसरमा पोखरा देखि सौराहासम्म सोफा एसी बस सञ्चालनमा आएको छ । अत्याधुनिक सुविधा भएको उक्त बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनु भयो ।

सुबिधा युक्त २५ सिट भएको उक्त बस असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन भएको उहाँले जनाउनु भयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न बस पोखरा–नारायणगढ रुटमा संचालन गरिएको अध्यक्ष केसीले जनाउनु भयो । दशैंको अवसरमा घटस्थापनाको दिन बिहीबार पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सेवा सञ्चालनमा ल्याइएको हो । पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे यात्रुलाई खादा माला सहित बिधाई गरेर छुटेको थियो । चितवनबाट विहान ७ः०० बजे बस छुट्ने व्यवस्था गरिएको अध्यक्ष केसीले जनाउनु भयो ।

बसमा एसी सहित २÷१ सोफाको सुविधा रहेको छ भने ११ सय रुपैयाँ भाडादर निर्धारण गरिएको बसमा छुट्टै पोशाक सहित अनुभवी चालक रहेको कम्पनीले जनाएको छ । करिब डेढ करोडको लागतमा दुई वटा बस सेवा संचालन गरिएको अध्यक्ष केसीले जनाउनु भयो ।

यात्रुलाई बसमा फ्रुट, बिस्कुट, लेज, कुरकुरे सहितका सेवा दिने भएको छ भने यात्रुकै रोजाई अनुरुपको खाना खाने ठाउँमा बस राक्ने भएको कम्पनीले जनाएको छ । उक्त रुटमा पहिलो पटक सुविधायुक्त बस सञ्चालन गर्न सुरु गरिएको अध्यक्ष केसीले बताउनु भयो ।

सौराहाबाट ७ बजे चेढेका यात्रु १ बजे पोखरा आइपुग्ने र पोखराबाट ७ः३० बजे चढेका यात्रु १ देखि २ बजेसम्म सौराहा पुर्याइने कम्पनीले लक्ष्य लिएको छ । पोखरा मुग्लिङ सडक स्तरोन्नतीले गर्दा कहिले काहि भने केही ढिला हुन सक्ने केसीले जनाउनु भयो । पर्यटनको राजधानि पोखरामा पोखरा काठमाण्डौं लगायतका रुटमा अत्याध’निक सेवा भएका बसहरु संचालन भए पनि पोखरा सौराहमा यस्तो सुविधा भएको बस सेवा संचालन भएसंगै पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो ।

देशका झण्डै सबैजसो भागमा आफ्नो यातायात सञ्जाल रहेको यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले गुणस्तरीय एवं सुविधायुक्त यात्रुबहाक बस भित्र्याउने क्रमलाई निरन्तरता दिएको छ । पोखरा–काठमाडौं– पोखरा सफासहितका सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको कम्पनीले अबे अब पोखरा देखि चितवनसम्म पनि स्तरीय र सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ ।

बडादशैंको अबसर घटस्थापनाको दिन बिहीबार पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सञ्चालनमा ल्याइएको हो । सुबिधायुक्त २५ सिटे उक्त बस पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे यात्रुलाई खादामालासहित बिधाई गरेर छुटेको हो । चितवनबाट विहान ७ः०० बजे बस छुट्ने व्यवस्था गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनु भयो ।

सेवा आरम्भको अवसरमा बोल्दै अध्यक्ष केसीले यात्रुलार्य प्रस्थान विन्दुबाट गन्तव्यमा सुरक्षित र सुविधाका साथ पुर्याउने उद्देश्यले पछिल्ला प्रविधि जोडिएका सुविधायुक्त बस पोखरा र चितवनका लागि सञ्चालनमा ल्याइएको जानकारी गराउनु भयो ।

उनका अनुसार दुई वटा बस डेढ करोडको लगानीमा ल्याइएको हो । बसमा एसीसहित २र१ सोफाको सुविधा रहेको छ । ११ सयरुपैयाँ भाडादर निर्धारण गरिएको उक्त बस छुट्टै पोशाकसहित अनुभवी चालकले चलाएका छन् ।

अध्यक्ष केसीका अनुसार फ्रुट, बिस्कुट, लेज, कुरकुरेसहितका सेवा यात्रुले पाउनेछन् । साथै यात्रुकै रोजाई अनुरुपको खाना खाने ठाउँमा बस रोकिनेछ । यो रुटमा पहिलो पटक यस्तो सुविधायुक्त बस सञ्चालन गरिएको अध्यक्ष केसीले जानकारी गराउनु भयो ।

चितवनबाट ७ बजे चेढेका यात्रु १ बजे पोखरा आइपुग्ने र पोखराबाट ७ः३० बजे चढेका यात्रु १ देखि २ बजेसम्म समयमै चितवन पुर्याइने जानकारी गराउनु भयो ।