समाचार

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

असार १८ पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीको वर्चश्व

दीननाथ बराल,पोखरा १८, असार, गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका खेलाडीहरुको वर्चश्व रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा सोमबार बेलुका पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा कास्कीकै अधिकांश खेलाडीहरुको वर्चश्व रहेको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ४ मध्य ३ जना कास्कीका खेलाडी छनौट हुनु भएको छ भने महिला तर्फ गोर्खाकी कृष्णा थापालाई प्रारम्भिक छनौट छरणमा सिधै छनौट गरिएको छ भने अन्यलाई छनौट प्रतियोगिताबाट छनौट… पुरा पढौ

आमाहरुको पढने धोको पुरा, प्रभावकारी बन्यो शैक्षिक सहजता कार्यक्रम

पोखरा,असार १७ झोला बोकेर स्कुल पढन् जाने ठूलो रहर थियो, तर स्कुल जान पाइनन् । गोरखाको दुुर्र्गम गाँउमा जन्मेकी सुन्ती घलेलाई घर परिवारले पढन्को लागि किताव कापीको झोला भन्दा घरको काम धन्दा गर्न बोझ थपी दिए । पोखरा महानगरपालिका वडा नम्वर २९ भण्डाढिकको नयाँ बस्तीमा आएपछि सुन्तीको पढने धोको पुरा भयो । पोखरा महानगरपालिकाले विगतमा शिक्षा आर्जनबाट बञ्चित भएका महिलाका लागि उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरेपछि सुुन्ती लगायतका आमाहरुको पढ्न् धोको पुरा भएको छ । सुुरु… पुरा पढौ

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासबारेको नयाँ डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ ।अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । एक सय वर्षअघि सन् १९२४… पुरा पढौ

रैथाने बाली उत्पादन, ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने बाली उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने बाली उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो ।मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको… पुरा पढौ

गार्डेन दर्पण लोकार्पण

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ ।दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । अतिथि लालचनले सेवाका स्तरीय कार्यक्रम गर्न संख्या धेरै आवश्यक नपर्ने बताउँदै ४०–५० जना… पुरा पढौ

कमलपोखरी सहकारी र नागरिक डेन्टल बिच सम्झौता

पोखरा, १६ असार, दाँत सफा गर्नु छ ? हजुरको गिजा दुखेको छ ? हजुरको दाँत दुखेर आँ गर्न नि भएको छैन् ? दाँत चम्काउनु छ ? अव एक रति पनि पिर नलिनुहोस । सहकारी र नागरिक डेन्टलविच दाँतको सवै समस्या समाधान गर्न आइतवार सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं १३ बाँझापाटन स्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था र न्यूरोडमा स्थित नागरिक डेन्टल क्लिनिक एण्ड अर्थोडोन्टिक सेन्टर क्लिनिक संग सम्झौता भएको हो । सहकारीका सदस्यहरुले डेन्टलवाट विभिन्न विषयमा… पुरा पढौ

एन आई सी एशिया बैंकद्वारा नेपाल सहित तीन देशमा सेवा संचालन हुने गरी मास्टर कार्ड जारी ,भिडियो सहित

दीननाथ बराल, पोखरा १६, असार, एन आई सी एशिया बैंकले नेपाल सहित तीन देशमा लागु हुने गरी मास्टर कार्ड सेवा शुभारम्भ (जारी) गरेको छ । बैंकले एक समारोहका बिच आइतबार पोखराको होटल बाराहीमा आयोजित समारोहमा उक्त कार्ड जारी भएको सार्वजनिक गरेको हो । उक्त कार्ड मार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटिएम तथा इ बैंकिङ सेवा सुविधा उपलब्ध हुने गरी सुरु गरिएको एन आई सी एशिया बैंक गण्डकी प्रदेशका प्रमुख दिपेन्द्र शर्माले बताउनु भयो । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै… पुरा पढौ

देवकोटा पुनः मन्त्रीमा नियुक्त

दीननाथ बराल, पोखरा १६, असार, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः दोश्रो पटक मन्त्री पदमा नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर असार ११ गते संसद पुग्नु भएको देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार (आज) पहिलाकै मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले आइतबार सपथ ग्रहण गर्नु भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाहलमा आइतबार प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । गठबन्ध हुँदा माओवादी… पुरा पढौ

सरकारलाई सांसद केसीको प्रश्न योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने

गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद केसीले प्रतिपक्षीलाई पेलिएको भन्दै असन्तुष्टि जनाए । सरकारले गर्दा धेरै सांसदलाई निर्वाचन क्षेत्रका जनतासामु जानै नसक्ने अवस्था बनेको सांसद केसीले गुनासो गरे । ‘बजेट हेर्दा जनतालाई उत्पादनसँग कसरी जोड्ने, रोजगारी सिर्जना, पर्यटनको विकास कसरी गर्ने भन्नेमा सरकार गम्भीर बनेको देखिएन,’ उनले भने, ‘यो बजेटमा… पुरा पढौ