समाचार

पोखराको रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन सुझाव

पोखराको रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन सुझाव दिइएको छ । पोखरा उद्योग बाणिज्य संघले हालै पोखरामा आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले पर्यटकीय राजधानि पोखराको रात्रिकालिन व्यवसायलाई सुरक्षित र व्यबस्थित पार्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटकीय नगरीमा हुने रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने बताए । अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने,फेवातालको संरक्षण गर्नेलगायतका विषयमा आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए । उनले दर्ता बिना संचालनमा रहेका व्यवसायविरुद्ध कठोर कदम चाल्ने र… पुरा पढौ

गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने

पोखरा २०, असार, यस बर्ष फ्रान्समा हुने गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएका छन्। यही सन् २०२४ जुलाई २६ तारीख देखि अगष्ट ११ तारीख सम्म फ्रान्सको राजधानी पेरिसमा ३३ औं गृष्मकालिन ओलम्पिक हुन लागेको उक्त खेलमा नेपालबाट ७ जना खेलाडीहरु सहभागि हुने भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ । उक्त खेलकुदमा नेपालको तर्फबाट छनौट भएका खेलाडीहरुको बारेमा ओलम्पिक कमिटिले जारी गरेको प्रेस बिज्ञप्ति । Press-Release-1-olimpickDownload पुरा पढौ

पोखरामा राष्ट्रिय परिचय पत्र लिनेहरुको भिड्

पोखरा २०, असार, पोखरामा राष्ट्रिय परिचय पत्र लिनेहरुको भिड्भाड भएको छ । कास्कीका मादी र पोखरा महानगरपालिका बाहेक अन्य रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाँउपालिकाका स्थानियलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचय पत्र लिनेहरुको भिड भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । तष्विर दीननाथ बराल पुरा पढौ

पोखरामा एटिएम मेसिन फोड्न खोज्ने एक व्यक्ति पक्राउ

पोखरा १८, असार, पोखरामा एटिएम मेसिन फोड्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार बिहान २ः३७ बजेको समयमा पोखरा ५ जिरो कि.मि. मा रहेको एन.एम.बी.बैंकको एटिएम मेसिनमा प्रवेश गरी तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सुचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । वडा प्रहरी कार्यलय बैदामबाट खटिई गएको प्रहरी टोलीले धादिङ सिद्वलेख गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला कास्की पोखरा ९ बस्ने २३ वर्षका रुपेश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन गण्डकी सरकार क्रियाशिल मन्त्री थापा

पोखरा १९, असार, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताए । बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए । “प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ ।”, उनले भने । मन्त्री थापाले बालमृत्युदर र अपाङ्गतालाई… पुरा पढौ

सहाराका पूर्व अध्यक्षको संयोजकत्वमा सहारा विद्यालयमा सहयोग हस्तान्तरण

असार १९ पोखरा, पोखरा ९ , बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा एक लाख चार हजार रुपैया वरावरको १२ सेट डेक्स वेन्च सहित १ सेट कुर्ची टेवल हस्तान्तरण गरेका छन् ।स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले अव्यवस्थित वस्तिका दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा दाताहरुले यसरी मायाका साथ सहयोग संकलन गरि विद्यालयमा हस्तान्तरण गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरेकी… पुरा पढौ

पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ को बिक्रि वितरण सुरु

दीननाथ बराल,पोखरा १८, असार पर्यटकीय नगरी पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ को बिक्रि वितरण सुरु भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले उक्त ब्राण्डको स्कुटर नेपाल भित्राएको हो भने पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुमले पोखरा क्षेत्रको लागि बिक्रि वितरण गर्न सुरु गरेको हो । उक्त स्कुटरमा ४ हजार वाटको पिक पावर भएको मोटर जडान गरिएको छ भने १८ डिग्री भन्दा बढीको उकालोमा उक्लिन सक्ने तथा सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिने क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका निर्देशक रेविका बुढाथोकीले… पुरा पढौ

पोखरा महानगरपालिकाले मणिपाललाई दिएको राजश्व छुटको बिषय अख्तियार देखि अदालतसम्म पुग्यो

दीननाथ बराल,पोखरा १८, असार, पोखरा महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पतालको नक्सा पास गर्दा दिएको राजश्व छुटको बिषयमा सर्वत्र चर्चा परिचर्चा भई रहेका वेला अख्तियार अनुसन्धान आयोगको टोलीले उक्त घटनाको बिषयमा चासो दिएको छ । महानगरले पोखरा ११ फुलवारीमा रहेको मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत करिब २० करोड रुपैया राजश्व छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि अख्तियारले चासो दिएको हो । पोखरा महानगरपालिकाको कार्यालयमा पुगेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले मणिपाल शिक्षण अस्पतालको नक्सा पास गर्दा दिएको छुट सहितको आवश्यक… पुरा पढौ

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसइइ उत्र्तीण विद्यार्थीलाई सम्मान

पोखरा १८ असार, लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी लायन्सका एरिया जोन प्रमुख सुर्य प्रसाद वराल र कलवका अध्यक्ष परशुराम पौडेलले ५१हजार रुपैयाको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई… पुरा पढौ

सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा १८ असार, नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उहाँको दावी छ । ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो… पुरा पढौ