पोखरामा एटिएम मेसिन फोड्न खोज्ने एक व्यक्ति पक्राउ

-


     पोखरा क्लिक     
     असार २० गते २०८१ मा प्रकाशित


पोखरा १८, असार,

पोखरामा एटिएम मेसिन फोड्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार बिहान २ः३७ बजेको समयमा पोखरा ५ जिरो कि.मि. मा रहेको एन.एम.बी.बैंकको एटिएम मेसिनमा प्रवेश गरी तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सुचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यलय बैदामबाट खटिई गएको प्रहरी टोलीले धादिङ सिद्वलेख गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला कास्की पोखरा ९ बस्ने २३ वर्षका रुपेश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशसन्त कुमार शर्माले बताए ।