दीननाथ बराल,
पोखरा १६, असार,
एन आई सी एशिया बैंकले नेपाल सहित तीन देशमा लागु हुने गरी मास्टर कार्ड सेवा शुभारम्भ (जारी) गरेको छ । बैंकले एक समारोहका बिच आइतबार पोखराको होटल बाराहीमा आयोजित समारोहमा उक्त कार्ड जारी भएको सार्वजनिक गरेको हो ।
उक्त कार्ड मार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटिएम तथा इ बैंकिङ सेवा सुविधा उपलब्ध हुने गरी सुरु गरिएको एन आई सी एशिया बैंक गण्डकी प्रदेशका प्रमुख दिपेन्द्र शर्माले बताउनु भयो । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले पर्यटनको राजधानिबाट उक्त अभियान सुरु गरेको उहाँको भनाई थियो । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच भारतका प्रतिनिधिहरु सहितको सहभागितामा उक्त कार्ड जारी भएको घोषणा गरिएको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहक महानुभावहरुले प्राप्त गर्न सक्ने भएको शर्माले जनाउनु भयो । डिजिटल फष्ट बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।
एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ बटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकले जनाएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अजुर्न राज खनियाले पोखराक्लिकलाई बताउनु भयो । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुरÞ्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल रु २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु ३ अर्थ ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई युझाउन बैंक सफल भएको उहाँको दाबी छ । भिडियो सहित ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति व्यूत रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेकी ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सल्यालन गर्दै आइरहेको बैंकले जनाएको छ ।