पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा पुनः २ वटा बस थप गर्यो, पोखरा देखि विराटनगरसम्म स्तरीय बस सेवा सुरु (भिडियो)

-


     पोखरा क्लिक     
     असाेज १८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १८, असोज,

यातयात क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौंमा थप दुई र पोखरा देखि काकडभिट्टासम्म दुई वटा अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको छ । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा काठमाण्डौं सहित पोखरा देखि पुर्व तर्फ धरान, बिराटनगर हुदै काकडभिट्टासम्मको लागि अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.का प्रोपाइटर युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो ।

विगत २५ बर्ष अगाडीदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले पछिल्लो समयमा सन् २०१३ मा स्तरिय बसको बडी दिल्लीमा निमार्ण गरि २०१४ बाट २१ सिट सोफा बस र बस कृयू समेत सेवा सञ्चालनमा ल्याएको सन्र्दभमा हाल यात्रुुको सेवालाई मध्यनजर गरी उक्त सेवा थप गरेको उहाँले जनाउनु भयो । उक्त बसमा जम्मा २१ सिट सोफा बसमा, वासरुम, टि.भी, वाईफाई, चिया, कफी, खाना, खाजा देखि बल्याङ्केट समेतको सम्पूर्ण सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यसै सम्बन्धिको भिडियो सामाग्रि ।

पोखरा जगदम्बा ट्राभल्सले रात्री बस पोखरा – काठमाण्डौ को लागी पनि सम्पूर्ण सुविधा सम्पन्न समेत गरि सञ्चालनमा ल्याएको छ भने बिचमा कोविड १९ को कारण २ बर्ष स्थगित रहेको र पछि पुन पोखरा– काठ्माण्डौ काठमाण्डौ– पोखरा दिवा सेवा संचालनमा ल्याएको छ । दिवा सेवाको बसमा भाडा २५००÷–मा खाना, खाजा, चिया, कफि, ब्रेकफास्ट, ट्वाईलेट, वाईफाई, बल्याङ्केट समेत साथै बस कृयू राखेर सञ्चालन भई रहेको छ र त्यसरी नै रात्रीकालिन सेवामा भाडा रु २०००÷– लिई बसमा ट्वाईलेट, बल्याङ्केट, चिया, कफि, कोल्ड्रीक्स, खाजा समेत गरि सञ्चालनमा रही रहेको कम्पनीले उल्लेख गरेको छ । हाल संचालनमा आएको बसमा भने यात्रुहरुको माग भए बमोजिम र आर्थिक अवस्था लाई ध्यानमा राखेर पोखरा काठमाण्डौंको लागि १६०० कायम गरि बस कृयू, चिया, कफि, खाजा, पानी समेतको सुविधा दियर यात्रु वर्ग लाई सुविधा दिने लक्ष्यले थप काठमाण्डौं–पोखरा–काठमाण्डौं विहानको १ क्यू थप गरिएको प्रोपाइटर अधिकारीले बताउनु भयो ।

पोखरा देखि पूर्व धरान, विराटनगर, काकडभिट्टा क्षेत्रका यात्रुहरुको पनि गुनासो र माग भएको कारण पूर्व अञ्चल लाई सेवा दिने लक्ष्यले धरान, विराटनगर र काकडभिट्टाको लागी सेवा दिन लागेको हो । उक्त गाडीमा यात्रा गर्दा यात्रुलाई खाना, खाजा र अन्य सुविधा राखिएको छैन र भाडा दर पनि पृथ्वी समितिमा आवद्ध बस भएको हुदा समितिको भाडा दर रेटमा सञ्चालन गरिने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले थप २ वट्टा बस निमार्ण भई रहेको छ र उक्त थप २ वट्टा बस दिपावली को अवसरमा पोखरा बाट भारतको विहार राज्यको राजदानी पट्नामा सञ्चालनको लागी तयारी भएको प्रोपाइटर अधिकारीले जनाउनु भयो ।
पोखरा–काठमाण्डौं दिवा समय ७ः३० बजे रहेको छ भने भाडा रु २५००÷– सेवा सुविधा चिया, कफि, पानी, वाईफाई, ट्वाईलेट, बल्याडेट, खाजा, खाना बस कृयू, समेत रहेको कम्पनीले जनाएको छ ।

पोखरा –काठमाण्डौं दिवा समय ८ बजे बाट सुरु हुने भएको छ भने भाडा रु १६००÷– कायभ गरिएकोमा सेवाहरु भने चिया, कफि, पानी, वाईफाई, बयाङ्केट, खाजा रहेको छ । पोखरा–काठमाण्डौं रात्री सेवा वेलुका ८ बजे, संचालन हुने भएको छ भने यसको भाडा रु २०००÷– निर्धारण गरिएकोमा सुविधाको हकमा भने चिया, कफि, पानी, ट्वाईलेट, ब्रेक फास्ट, वाईफाई, वल्याङ्केट, बस हेल्पर सर्भिस सहित सुविधा उपलब्ध रहेको छ । काठमाण्डौं रात्री बस भाडा रु १६००÷– सेवा सुविधाको हकमा चिया, कफि, पानी, खाजा, वाईफाई, बल्याङ्केट समेतको सुविधा रहेको छ ।

पोखरा जगदम्बा ट्राभल्सले पोखरा –काठमाण्डौँ विहान २ क्यू र बेलुका २ क्यू सेवा दिएको छ भने पूर्व तर्फ दुई बस बाट पोखरा– काकडभिट्टा र पोखरा– धरान को लागी सेवा प्रारम्भ गर्न लागेको हो । पोखरा– काकडभिट्टाको भाडा भने पृथ्बीराज मार्ग बस संचालक कम्पनीले निर्धारण गरेको शुल्क रहेको कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।

यसैबिच शुक्रबार एक समारोहका बिच सांसद दामोदर पौडेल (बैरागी) ले उक्त बसको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । डेमोको रुपमा कम्पनीका ४ वटा बस प्रस्याङ देखि विन्ध्यबासिनी बस पार्क, पृथ्बीचोक, राष्ट्रबैंकचोक, लेकसाइड हुदै पस्र्याङसम्म प्रर्दशन गरिएको थियो । पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले विहिबार पोखरा देखि सौराहसम्म सोझा जडान भएका सुविधा सम्पन्न बस सेवा सुरु गरेको सन्र्दभमा शुक्रबार पुनः दुई रुटमा स्तरिय बस सेवा संचालन हुनुले यात्रुलाई आरामदायी यात्र हुने विश्वास व्यक्त गर्नु भयो ।