विश्व शान्ति स्तुपः नजिक बस दुर्घटना हुँदा दुई जना घाईते

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


पोखरा २२, कार्तिक,

पोखरा २२ को विश्व शान्ति स्तुपः नजिक बस दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । आज दिउँसो १२ः२४ बजे पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नव युग डान्स क्लव दाङबाट भ्रमणको लागि आएको रा १ ख २१०६ नं.को मिनी बस सडक छेउको तिजुको रुखमा अड्किदा २ जना घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने १७ बर्षकी सन्ध्या रसाईली र तुलसीपुरकी १९ बर्षकी मनिषा रसाईली बस दुर्घटनामा परी सामान्य घाइते हुनु भएको हो । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको टोलीले बसमा दुर्घटनामा परी घाइते हुनु भएको उहाँहरुलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा पठाउनु भएको थियो । उक्त बस क्रेनको सहायताले निकालिएको छ ।