पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २२, कार्तिक,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा अवतरण गर्नु भएको छ । यस बर्षको पहिलो चाटर्ड फ्लाईट एयरबस ३१९ नम्बरको विमान चाइनाको कुनमिङ शहरबाट आज (विहिबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले जनानकारी गराउनु भयो ।

उहाँका अनुसार आज दिउँसो २ः०० बजे पोखरामा अवतरण गरेको उक्त विमान ३ः४० बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गरेको उहाँले जनाउनु भयो । पुर्व सुचित समय तालिका भन्दा करिब ३० मिनेट उक्त विमान छिटो आएको उनले बताइन् । उक्त विमानमा चालक दलका बाहेक १ सय २० जना यात्रु आएको उपनिर्देशक सुवेदीले जनाउनु भयो । उक्त टोलीलाई पोखरामा पन्चे बाजा सहित स्वागत समेत गरिएको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ बर्ष हुदै गर्दा नियमित रुपमा अन्तराष्ट्रि हवाई उडान हुन नसके पनि चाटर्ड फ्लाई भने कहिले काहिँ हुदै आएको छ । अघिल्लो बर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ वटा चाटर्ड फ्लाईट भएको उपनिर्देशक सुवेदीले उल्लेख गर्नु भयो । पोखरामा नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडानको लागि पहल भई रहेको उहाँको भनाई थियो ।

पोखरामा आउँदो शनिबार (कार्तिक २४ गते) हुने तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागि हुने चाइनाबाट खेलाडी सहितका केही अतिथिहरु समेत उक्त बिमानले ल्याएको प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताउनु भयो । यस अघि पनि अघिल्लो बर्षमा उक्त प्रतियोगिताको लागि चाइनाको कुनमिन शहरबाट पोखरामा सिधै हवाई उडान मार्फत खेलाडी सहित अपिसियलहरु पोखरा आउनु भएको थियो । नेपाल चिन मैत्रि संघका अध्यक्ष समेत रहनु भएको संयोजक विश्वशंकर पालिखेले उक्त खेलको माध्यमबाट पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । उक्त विमानले चाइनिज धावक ६४ जना सहितका अन्य प्राविधिक तथा अपिसियल एवं अतिथिहरुलाई ल्याएको मिडिया संयोजक ई.प्रतिकराज पहारीले बताउनु भयो ।

तष्विर राधिका कंडेल



This will close in 20 seconds