पोखरामा शनिबार हुने माउण्टेन क्रस कन्ट्री दौडमा चाइनाबाट १ सय ३४ जना धावक पोखरा आउने

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २०, कार्तिक,

पोखरामा शनिबार हुने माउण्टेन क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागि हुन मित्र राष्ट्र चाइनाबाट १ सय ३४ जना धावक पोखरा आउनु हुने भएको छ । तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागि हुन चाइनाबाट १ सय ३४ जना चाइनिज धावक पोखरा आउने भएको प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले बताउनु भयो ।

प्रतियोगितामा चाइनिज धावक सहित १ हजार २ सय ६१ जना धावक सहभागि हुने भएको उहाँले जनाउनु भयो । उहाँका अनुसार ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ तर्फ टिम इभेण्टमा २७ टिमको सहभागिता हुने भएको छ । टिम समूहमा मिश्रित टिम (कम्तीमा एक विपरीत लिङ्गको सदस्य) मा ८१ जना धावकहरु सहभागि हुने भएका छन् । दौडका क्रममा खेलाडीहरूले कुल २ हजार २ सय ५८ मिटर उचाइ पार गर्नेछन् भने विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम, २२ हजार ९ सय २० रुपैँया रहेको छ ।

५ किलोमिटर बिद्यार्थी तर्फको सडक दौड प्रतियोगितामा करिब ५ सय जना सहभागि हुने भएको पहारीले जनाउनु भयो । बाराही घाटदेखि सुरु भई केसी निवास ड्यामसाइडसम्म, कुल दुरि ५ किलोमिटर निर्धारण गरिएको छ । त्यस्तै ह्याप्पी रन समूह यस प्रतियोगितामा करिब ५०० जना खेलाडीहरुले सहभागि हुने भएको छ भने यस तर्फ २ किलोमिटरको दुरि निधांरण गरिएको छ । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति १ हजार ९ सय १० रुपैँया रहेको छ ।

यस दौडले पर्यावरणमैत्री र स्वस्थ जीवनलाई जोड दिँदै खेलाडीहरुका लागी आकर्षक पुरस्कार प्रदान गर्ने भएको छ । यस अवसरमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धन साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउदै लैजाने विश्वास गरिएको उक्त प्रतियोगिताका अभियान्ता विश्वशंकर पालिखेले पोखराक्लिकलाई बताउनु भयो ।

दौड तालिका अनुसार नोभेम्बर ७ (कार्तिक २२ गते) पोखरा बाहिर रहनु भएका खेलाडीहरुको आगमन, नोभेम्बर ८)कातिृक २३ गते) खेलाडीहरुको दर्ता र आवश्यक सामाग्रीहरूको वितरण (बिहान ९ः०० बजे देखि साँझ ५ः०० बजे सम्म) नोभेम्बर ९(कार्तिक २४ गते) बिहान ८ः३० बजे प्रतियोगिता सुरु हुने भएको छ । नोभेम्बर १० (कार्तिक २५ गते) विदेशी खेलाडीहरुलाई पोखरा र यस क्षेत्रमा रहेका पर्यटकिय गन्तव्यहरुको दृश्यावलोकन गराइने भएको छ । चिनियाँ खेलाडीहरूको लागि ७ नोभेम्बरमा कुनमिङबाट पोखरासम्म अन्तराष्ट्रिय चार्टर उडानको व्यवस्था गरिने भएको छ ।

यसै गरी च्यालेन्ज इन्डिभिजुअल समूह तर्फको प्रतिष्प्रर्धामा करिब १ सय ८० खेलाडीहरूले (जसमा ८० चिनियाँ खेलाडीहरु र १०० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पार गर्ने भएको बताइन्छ । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति व्यक्ति, ९ हजार ५ सय ५० रुपैँया रहेको छ ।
नेपाली नागरिकहरुका लागि, सबै दौड प्रतियोगिताहरुमा, दर्ता निःशुल्क राखिएको उक्त प्रतियोगिताका मिडिया संयोजक ई.प्रतिकराज पहारीले पोखराक्लिकलाई बताउनु भयो ।

प्रतियोगितामा टिम समूह तर्फ प्रथम हुनेलाई ४ लाख ५८ हजार ४ सय रुपैंया पदान गरिने भएको छ । त्यसै गरी उपविजेतालाई ३ लाख ४३ हजार ८ सय रुपैँया, तेश्रो हुनेलाई २ लाख २९ हजार २ सय रुपैँया, चौथो हुने लाई १ लाख ५२ हजार ८ सय, पाँचौँ हुनेलाई ९५ हजार ५ सय रुपैँया नगद पुरस्कारको व्यवस्था गरिएको छ । च्यालेन्ज इन्डिभिजुअल समूह शीर्ष दश पुरुष र महिला खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउनु हुने भएको छ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख ५२ हजार ८ सय रुपैँया, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिलालाई १ लाख १४ हजार ६ सय रुपैँया, तेस्रो हुनेले पुुरुष र महिलालाई ७६ हजार ४ सय, चौथो देखि सातौ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरुलाई ३८ हजार २ सय रुपैँया ,आठौँ देखि दशौँ स्थान प्राप्त गर्ने पुरुष र महिलाहरूलाई १९ हजार १ सय रुपैँया प्रदान गरिने भएको हो ।

बिद्यार्थी दौडमा शीर्ष ६ छात्र र छात्रा विद्धयार्थी खेलाडीहरूले नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाउने व्यवस्था गरिएको छ । प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई ३० हजार, दोस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २५ हजार, तेस्रो स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुलाई २० हजार, चौथो देखि छैठौं स्थान प्राप्त गर्ने पुरुष र महिला खेलाडीहरुले १० हजार प्राप्त गर्ने भएका छन्। ह्याप्पी रन समूह यस दौड प्रतियोगितालाई पुरा गर्ने सबै जना सहभागी खेलाडीहरुले प्रमाणपत्र प्राप्त प्रदान गरिने भएको छ ।
ःहिमालयन टुरिजम फोरम–पोखराको आयोजनामा युन्नान माउण्टेनियरीङ र आउटडोर स्पोर्ट्स एसोसियसन, कुनमिङ माउण्टेनियरीङ र एडभेञ्चर एसोसियसनको समन्वयमा पोखरा उद्योग बाणिज्य संघ, होटल संघ पोखरा, नेपाली युवा उद्यमी मञ्च, लायन्स कल्ब अफ पोखरा सेन्टिनियल, पोखरा पर्यटन परिषद, नेपाल चाइना जन मैत्री संघ, नेपाल पोखरा ओभरसीज चाइनीज संघ, भुतपुर्व खेलाडी मन्च लगायतका संस्थाको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो ।