पोखराको फेवाफाँटमा जुठोबुढो धान नष्ट, किसान मर्कामा

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २१, कार्तिक,

यति वेला पोखराको फेवाफाँटका किसानहरु चिन्तित हुनु भएको छ । बर्ष भरी खाने धान आफ्नो खेतमा गवारो जातको किराले सखाप पारे पछि स्थानियहरु यति वेला निकै तिन्तामा हुनु भएको हो ।

पोखराको ब्राण्ड नै बनेको जुठोबुढो धान पाक्ने वेलामा एकाएक गवारो जातको प्रकोपले गर्दा फेवाफाँट क्षेत्रको धानवाली यति वेला धान झुलेर ल ह ल ह हुनु पर्ने वेलामा गवारो जातको किराले गुवो खाएर खेतको धान मात्र होइन पराल समेत राम्रो नहुने स्थानिय किसान देविलाल लामिछानेले बताउनु भयो ।

आफुहरुको १ हजार भन्दा बढी रोपनीमा लगाएको उक्त धानवाली नष्ट भएको उनले पोखराक्लिक मार्फत गुनासो गर्नु भएको हो । केही दिनमा धान पाक्ने आशामा रहेका स्थानिय फेवाफाँटका किसानहरु यति वेला आफ्नो धान खेलमा गवारो जातको किराले अधिकांश धानको गुवो नै खाएको त केही धानमा पपटो (भुष) मात्र भएकोले ठुलो क्षती भएको स्थानीय लामिछानेले गुनासो गर्नु भयो । आफ्नो धानवालीमा करिब दुई साता अघि मात्र यस्तो रोगको प्रकोप फैलिएको आफुहरुलाई जानकारी प्राप्त भएको उहाँले जनाउनु भयो ।

केही बर्ष अघि सामान्य फाट्य फुट्य गवारो जातको किराको समस्या भए पनि हाल एकै पटक १ हजार भन्दा बढी क्षेत्रफलमा लगाएको किसानको धानवाली नष्ट भएको स्थानिय किसान लामिछानेले दाबी गर्नु भयो । उहाँले आफ्नो खेतमा यस बर्ष करिब ८ रोपनी क्षेत्रफलमा जुठोबुढो जातको धान लगाए पनि यस बर्ष गवारो जातको किराले गुवो सहित धान खाएको र भएको केही धान राम्रोसंग पराल समेत प्रयोग गर्न नमिल्ने अबस्था भएको उल्लेख गर्नु भयो ।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जुठोबुढो हुने पटक क्षेत्र फेवाफाँटमा यस बर्ष गवारो जातको रोगको प्रकोप फैलिदा ठुलो मात्रामा क्षती भएको दाबी गर्नु भयो ।

उक्त रोगको प्रकोप सुरु हुँदा समयमै आफुहरुलाई जानकारी भएको खण्डमा ठुलो क्षती हुनबाट बचाउन सकिने उहाँको तर्क थियो । धान पसाई सके पछि पाक्ने वेलाको धानमा एकै पटक रोगको प्रकोप फैलिए पछि आफुहरुलाई जानकारी भएकोले केही दिन अघि आफुहरुको टोलीले फिल्ड भिजिट समेत गरेकोले क्षतीको विवरण संकलन गर्न लागेको प्रमुख कडरियाले जनाउनु भयो । पोखरामा उत्पादन हुने जुठोबुढो धान मध्य करिब ४० प्रतिशत जसो एउटै फाँट फेवाफाँटमा उत्पादन हुने उहाँले दाबी गर्नु भयो । स्थानिय किसानलाई राहत स्वरुप अब कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र, पोखरा महानगपालिका लगायतले केही न केही सहयोग गर्नुपर्ने अबस्था देखिएको उहाँले जनाउनु भयो ।

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा उत्पादन हुने स्थानीय रैथाने धान बाली जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसंग खरिद गर्ने गरी सम्झौता गरेको छ ।