पोखरा एभेन्जरर्सको पोखरामा ¥याली प्रर्दशन, क्रिकेट खेललाई उद्योगको रुपमा विकास गछौं अध्यक्ष त्रिपाठी (डिभियो) सहित

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २२, कार्तिक,

नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको साथ र सहयोगको अपेक्षा सहित विहिबार पोखरामा अग्रिम रुपमा पोखरामा ¥याली प्रर्दशन गरिएको हो । क्रिकेट खेलको प्रबद्र्धन गर्न पोखरा एभेन्जर्सले पोखरामा ¥याली प्रर्दशन गरेको हो ।

दक्षिण अफ्रिकाका चर्चीत (लेजेन्ड) खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्स सहित सहभागि र्यालीमा पोखरेली क्रिकेट प्रेमीहरुहरुको सहभागिता रहेको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले पोखरामा आयोजना भएको र्यालीले आफुहरुलाई हौसला मिलेको बताउनु भयो । पोखरेलीले घर घरबाट र चोकचोकबाट आफ्नो टिमलाई समर्थन हुदै अग्रिम विजयीको शुभकामना समेत दिएको उहाँले बताउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि ।

राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिस्टेल गेटबाट सुरू भएको ¥याली लेकसाइडक, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल,, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो ।

यसैबिच, विहिबार फिस्टेल लजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले क्रिकेट खेलको नेपालमा राम्रो सम्भावना देखेर यसलाई आफुहरुले उद्योगको रुपमा अघि बढाउन लागेको बताउनु भयो । नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्य देखाउने हुदा आफाुहरुले गण्डकी प्रदेशका प्रतिभावान क्रिकेट खेलाडीहरु बाहिर ल्याउन गण्डकी टेयालेण्ट हन्ट समेत आयोजना गर्ने उहाँले बताउनु भयो । पोखरा एभेन्जर्सले यूवा खेलाडी उत्पादन गर्दै व्यवसायिक क्रिकेटलाई अघि बढाउन उद्योगको रुपमा स्थापित गर्ने अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

हाल यस खेलको क्षेत्रमा लागे पछि नाफा घाटाको कुरा नगर्ने समयले आफुहरुले अपेक्षा गरेको नतिजा आफनो पक्षमा पर्ने उहाँदले बताउनु भयो । उहाँले भन्नु भयो “हामी व्यवसायिक क्रिकेट खेलको विकास होस भन्ने चाहन्छौं, हामी अहिले नाफा र घाटाको कुरा गर्दैनौं, यो हाम्रो उद्योगको रुपमा बिकास गर्न चहान्छौं । ” कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्ने उहाँको भनाई थियो ।

क्रिकेट मार्फत पर्यटन प्रवर्द्धन संगै जलवायु परिवर्तन र हिमाली जनजिवनका देखा परेका असरहरुलाई विश्वसामु पुर्याउन आफुहरुले चाहेको अध्यक्ष त्रिपाठीले बताउनु भयो ।

टिमका सल्लाहकार परामर्शदाताको रुपमा रहनु भएको लिजेन्ड क्रिकेटर जोन्टी रोड्सले पोखरा एभेन्जर्स संग जोडिन पाउँदा खुसीलागेको बताउँदै पोखरा क्रिकेट रंगशाला विश्वकै उत्कृष्ट रंगशाला भएको बताउनु भयो । पोखरा एभेन्जर टिमलाई उत्कृष्ट बनाउने गरी आफ्नो वलवुताले भ्याएसम्म मेहनत गर्ने उहाँले जनाउनु भयो ।