प्रमुख समाचार

एक छिनको हतारले पोखरामा ३ घण्टा तनाव, शंकास्पद बस्तु निर्वाचन कर्मचारीको झोला भएको पुष्टि (भिडियो सहित)

दीननाथ बराल, पोखरा, फागुन १९, पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार एक छिनको हतारले करिब तीन घण्टा तनाव सिर्जना भयो । शंकास्पद वस्तुका रूपमा भेटिएको झोला अन्ततः निर्वाचनमा खटिएका कर्मचारीको भएको पुष्टि भएपछि अवस्था सामान्य भएको छ । https://www.youtube.com/watch?v=4JYHHLv9QP8 पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रिट नम्बर ४१ को लालुपाते मार्गमा रहेको एक टेलरिङ पसलमा पूर्वाह्न करिब ११ बजे अज्ञात व्यक्तिले झोला राख्नु भएको थियो । पसल सञ्चालकले नराख्न आग्रह गर्दा पनि एक व्यक्तिले हतारमा झोला छाडेर पामेमा गएर बेलुका आउछु भन्दै हतार हतार… पुरा पढौ

मुस्ताङमा कांग्रेसका तीन कार्यकर्ता फरार, पाँच लाख नगदसहित गाडी नियन्त्रणमा

मुस्ताङ, हिमालपारीको जिल्ला मुस्ताङमा मौन अवधिका बेला नगदसहित गाडी नियन्त्रणमा परेपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट लोमान्थाङतर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको सवारी साधनबाट पाँच लाख रुपैयाँ नगद बरामद भएपछि तीन जना कांग्रेस समर्थित कार्यकर्ता फरार भएको आरोप लागेको छ । तष्विर सामाजिक संजालएस.के. आस्था थकाली सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस, चराङले उक्त गाडीलाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो। प्रहरीका अनुसार गाडीभित्र नेपाली कांग्रेसको चारे–तारे झण्डाले बेरिएको अवस्थामा नगद रु। ५… पुरा पढौ

पोखरामा अवरोध भएको तेस्रो पटक फोहोर संकलन सुरु, दुर्गन्ध बढेपछि अबरोध गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी !

दीननाथ बराल,पोखरा १९, फागुन, पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साझदेखि पुनः सुरु गरिएको हो। मंगलबार बिहानसम्म १ सय ५० गाडी फोहोर उठाइसकिएको महानगरले पोखराक्लिकलाई जनाएको छ । बिहान केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिएरै भए पनि फोहोर व्यवस्थापन अघि बढाइएको पोखराका मेयर धनराज आचार्यले बताए । उनले भने“फोहोरको दुर्गन्ध फैलिसकेको छ, पानी परिरहेको छ। यस्तो अवस्थामा हैजाजस्ता महामारी फैलन सक्छन्।… पुरा पढौ

कास्कीका १ सय ५३ वटा मतदान स्थलमा ५१ प्रकारका निर्वाचन सामाग्रि पुगे (भिडियो सहित), निर्वाचनको तयारी पूरा

दीननाथ बराल, पोखरा, १८ फागुन कास्कीका १ सय ५३ वटा मतदान स्थलमा ५१ प्रकारका निर्वाचन सामाग्रि पुगेका छन् । गण्डकी प्रदेश निर्वाचन कार्यालयबाट आज (सोमबार) कास्कीका मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई उक्त निर्वाचन सामाग्रि बुझाइएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले बताउनु भयो । https://www.youtube.com/watch?v=aoG1eQJAUL8 निर्वाचन सामाग्रि बुझ्ने मतदान अधिकृत तथा सहायक अधिकृत र कर्मचारीको सोमबार बिहानै देखि प्रदेश निर्वाचन कार्यालयमा भिडभाड भएको थियो । आज मतदान स्थलमा पुगेर टोलीले ४ वटा सूचनाहरु टाँस गर्नुपर्ने छ । मौन अवधिको सूचना,… पुरा पढौ

पोखरामा पनि विदेशी पर्यटकले होली पर्व मनाए, फेवाताल किनारमा पर्यटक भिडभाड (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १८, फागुन पर्यटनको राजधानी पोखरामा विदेशी पर्यटकहरुले पनि होली पर्व मनाउनु भएको छ । रंगहरुको पर्वको रुपमा रहेको होली पर्व यस बर्ष अनौपचारिक रुपमा विदेशी पर्यटकहरुले स्वतःस्फुर्त रुपमा एक आपसमा रंग लगाउदै होली पर्व मनाउनु भएको हो । https://www.youtube.com/watch?v=wfxGyGLS6Hw पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको किरान फुटट्याक क्षेत्रमा विहानैदेखि होली पर्व मनाउनेहरुको भिडभाड रहेको छ भने पोखराको क्याम्पिङचोक, हल्लनचोक, बाराहीघाट लगायताको क्षेत्रमा होली पर्व मनाउने विदेशी सहित स्वदेशी पर्यटकहरुको उत्साहपूृर्ण सहभागिता रहेको छ । यही फागुन २१ ग्ते… पुरा पढौ

हिमालय आँखा अस्पतालमा एक बर्षमा १५ हजार ८ सय जनाको शल्यकृया

पोखरा, १८ फागुन, नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वि.सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले दिइन् । समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष… पुरा पढौ

कम्युनिष्ट मत बुर्जुवातिर नलग्न आग्रह गर्दै एमाले नेता वेदबहादुर गुरुङको अपिल – “सूर्य मन नपरे तारामा हालौँ”

पोखरा, १८ फागुन, नेकपा एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले कम्युनिष्ट मत बुर्जुवा पार्टीतर्फ नलैजान आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले कम्युनिष्ट मत विभाजन भए पनि त्यो कम्युनिष्ट पार्टीभित्रै सीमित हुनुपर्ने बताउनुभयो। गुरुङले सूर्य चिन्हमा चित्त नबुझे अर्को कम्युनिष्ट पार्टी नेकपाको तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। “कम्युनिष्ट मत बुर्जुवा पार्टीतिर सर्नु दीर्घकालीन रूपमा वामपन्थी आन्दोलनका लागि घातक हुन्छ,” उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विगतमा नेकपा (एमाले) र माओवादी केन्द्रको आकार… पुरा पढौ

बुलेटबाट ब्यालेटसम्मः हेमबहादुर थापाको समाजवादी अभियान, कास्की–२ मा पर्यटन र कृषिको उज्यालो भविष्य खोज्दै

पोखरा, १७ फागुन, कुनै समय काँधमा एसएलआर बोकेर राज्यसत्ता विरुद्ध लडेका एक कमाण्डर आज मतपेटिका मार्फत जनमत खोज्दै छन्। ‘आमोद’ नामले जनयुद्धकालमा चिनिएका हेमबहादुर थापा (किरण) अहिले बुलेट छाडेर ब्यालेट हुदै जनताको माझ समाजबादीको यात्रा अघि बढाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट उनलाई उम्मेदवार बनाएको छ। जनयुद्धदेखि जनमतसम्म-२०४० साल वैशाख १ गते कास्कीको पोखरा–३३ भरतपोखरीमा जन्मिएका किरणको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। अखिल… पुरा पढौ

पोखरा ड्यामसाइड खोलामा घाटीमा गहिरो चोट सहित सुटकेसमा महिलाको शव भेटियो

दीननाथ बराल,पोखरा १७, फागुन पोखरा महानगरपालिका–६ ड्यामसाइड क्षेत्रस्थित खोलामा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। घाँटीमा गहिरो चोट देखिएकाले हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ। आज बिहान करिब ८ बजे तिर स्थानीयले नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखेपछि बैदाम वडा प्रहरी कार्यालय लाई खबर गरेका थिए। सूचनापछि पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रारम्भिक अवलोकनमा मृतकको घाँटीमा… पुरा पढौ

करणको योजना लेखनाथमा लेक सर्किट, ग्रामीण भेगमा स्याटलाइट सिटी

पोखरा, १७ फागुन, कास्की क्षेत्र नम्बर १ मा आउँदै गरेको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङ(करण) योजनावद्ध र व्यवहारिक घोषणापत्रसहित मैदानमा छन् । कास्की १ का लागि अहिलेका मुख्य प्रतिस्पर्धी नेकपाका करणसँगै नेपाली कांग्रेसका तिलक रानाभाट, एमालेका बैनबहादुर अधिकारी क्षेत्र र रास्वपाका गनेस पौडेल सबै नयाँ हुन् । उम्मेदवारहरुले चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मत माग्न जाँदा करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ छन् । नेकपा नेता वर्षमान पुन अर्थमन्त्री भएका… पुरा पढौ