प्रमुख समाचार

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफल पोखरामा बरामद, दुई युवक पक्राउ

पोखरा, २१ माघ जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको एक थान इन्सास राइफल पोखरामा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं। २ भिमसेन टोलबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंगलबार दिउँसो करिब ३ ः५५ बजे महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट ः छोरेपाटन मावि पनि सेमीफाइनलमा

पोखरा, माघ २१, पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ । बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलि ले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो। बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ। हाल्सम्म २६८१५०७६३ भुक्तानी भएको सो सडकको ५०५ भौतिक र ५६ ५ बित्तीय प्रगती भएको जनाइएको… पुरा पढौ

एबिसीमा हेलिकप्टर उडान शुल्कबाट अन्नपूर्ण गाउँपालिकामा करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २०, माघ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबिसी) जाने हेलिकप्टर उडान शुल्क वापत करिब एक करोड रुपैया राजश्व संकलन गर्न सफल भएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन शुल्क अन्तर्गत अन्नपूर्ण आधार शिविर (एबिसी) जाने हेलिकप्टर उडानबाट करिब १० महिनाको अवधिमा एक करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ । गत वर्षको चैत महिनादेखि हालसम्म पालिकाले एक करोड राजश्व संकलन गर्न सफल भएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनु भयो । लागु… पुरा पढौ

नेपाली सेनाले गण्डकी प्रदेशमा एनसीसी अल्मुनाई एसोसिएसनको कार्यसमिति र सल्लाहकार समिति गठन गर्यो

पोखरा, “राष्ट्रिय सुरक्षा नीति–२०७५” बमोजिम राष्ट्रिय सेवा दल, नेपाल स्काउट लगायत संस्थाहरूको सुदृढीकरण गर्दै स्वाभिमानी नागरिक, सभ्य एवं सु–संस्कृत समाज र राष्ट्र निर्माणको परिकल्पनाअनुरूप राष्ट्रिय हितप्रति समर्पित, अनुशासित र बफादार युवा जनशक्ति उत्पादन गर्ने उद्देश्य का साथ गण्डकी प्रदेश एनसीसी अल्मुनाई एसोसिएसनको १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नेपाली सेनाको पश्चिम पृतना मुख्यालय, पोखरा मा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दलबाट प्रदान गरिने एनसीसी तालिम प्राप्त युवाहरूको छनोट गरी उक्त कार्यसमिति गठन गरिएको हो। यसैगरी, पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि हुदै (भिडियो सहित), होटल आवासमा १५ प्रतिशत छुट, भेडाको साँड जुधाई प्रतियोगिता हुने

पोखरा, २० माघ, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आउदो फागुन ६ देखि घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ९ गतेसम्म महोत्सव हुने भएको पोखरामा आज (मंगलबार) आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित घान्द्र्रक महोत्सवले सो क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नुका साथै खेलकुदको विकास हुने अपेक्षा गरिएको रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत… पुरा पढौ

कास्कीमा नेकपाका उम्मेदवारहरु ः मतदाताको सुझाव सुन्दै, मत माग्दै

पोखरा, २० माघ, कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सामाजिक अभियान्ता सरिता गुरुङको १५ हजार सहयोग

पोखरा, २० माघ, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको… पुरा पढौ

नेपालको खेलकुद विकासमा नीतिगत सुधार अपरिहार्य ः पश्चिम पृतनामा एकदिने गोष्ठी

दीननाथ बराल,पोखरा, २० माघ, नेपालको खेलकुद विकासलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष सहित पश्चिम पृतना हेडक्वाटरमा एकदिने गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरमा सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागि खेल विज्ञ, खेलकुद संघ संस्थाका पदाधिकारी तथा सरोकारवालाहरुले खेलकुदमा अझ बढी राजनीति हुदा पनि नेपाली खेलकुदलाई अझ बढी प्रभावकारी बनाउन नसकिएको बताउनु भएको थियो ।… पुरा पढौ

बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक, नेपालको फाइनल प्रवेशको सम्भावना कायमै

दीननाथ बराल, पोखरा, १९ माघ भारतलाई पराजित गर्दै बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रंगशालामा आज (सोमबार) सम्पन्न खेलमा बंगलादेशले भारतलाई २–० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै बंगलादेशले २ खेलबाट ६ अंक जोड्दै फाइनल यात्रा लगभग पक्का जस्तै गरेको छ । यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । सोमबार नै भएको अर्को खेलमा घरेलु टोली… पुरा पढौ