प्रमुख समाचार

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २८, मंसिर, अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुलका कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी… पुरा पढौ

बिराटनगर र इटहरीबाट पूर्वेलीलाई पोखरेलीको निम्तो ः घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

मंसिर २८ बिराटनगर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम… पुरा पढौ

पोखरा रङ्गशालामा मन्त्री घिसिङद्धारा निरिक्षण, फुटबल स्टेडियममा फ्लटलाईट जडान गर्न चासो (भिडियो सहित)

दीननाथ बराल,पोखरा २८, मंसिर, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लटलाइट जडान गर्न चासो दिनु भएको छ । पोखरा रंगशालाको आइतबार निरिक्षण गर्दै मन्त्री घिसिङले पोखरा रंगशालामा फ्लटलाइट यसै बर्ष जडान गर्ने प्रकृया अघि बढाउने बताउनु भएको हो । https://www.youtube.com/watch?v=b9cGR_TMZwg माछापुच्छ्रे सहितको हिमश्रृखला देखिने प्राकृतिले रमणीय रंगशालामा विश्वकै खेलकुदको आकषर्ण हुने हुदा र खेलकुदकर्मीहरूको माग अनुसार सरकारले फ्लटलाइड जडान गर्ने बिषयमा आफुहरु निकै गम्भिर भएको उहाँले जनाउनु भयो… पुरा पढौ

जेनजी आन्दोलनले सरकार परिवर्तन ग¥यो, तर सिस्टम र व्यवस्था बदलिन सकेनः ऊर्जा मन्त्री घिसिङ (भिडियो सहित)

दीननाथ बराल,पोखरा , २७, मंसिर, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनले सरकार परिवर्तन गराए पनि देशको सिस्टम र व्यवस्था परिवर्तन हुन नसकेको बताउनु भएको छ । उज्यालो नेपाल गण्डकी प्रदेश स्तरीय भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले सही समयमा सही व्यक्तिहरू नेतृत्वमा पुग्न नसक्दा देशमा अपेक्षित परिवर्तन र विकासले गति लिन नसकेको धारणा राख्नुभयो । https://www.youtube.com/watch?v=e9no9WLspt4 मन्त्री घिसिङले देशमा वास्तविक परिवर्तन ल्याउन सही व्यक्तिहरूले सही ठाउँमा पुगेर नेतृत्व गर्नुपर्नेमा… पुरा पढौ

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, कुन खेलाडीले कुन विधामा पुरस्कार जिते ? (सूचीसहित)

पोखरा/कीर्तिपुर नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स पाँच बल बाँकी छँदै ८५ रनमै अलआउट भयो । झिनो लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाइ उपाधि हात पार्‍यो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको उपविजेतामै सीमित भएको छ । पहिलो संस्करणको… पुरा पढौ

आइटिएफ जे३० वर्ल्ड टेनिस टुरमा नेपाली सिभालीलाई दोहोरो उपाधि सहित इतिहास रच्न सफल

पोखरा, २७ मंसिर, नेपाली खेलाडी सिभाली गुरूङले टेनिस खेलमा इतिहास रच्न सफल भएकी छन् । पोखरामा शनिबार सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि जित्दै आफ्नो उमेर समुहमा इतिहास रच्न सफल भएकी हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५… पुरा पढौ

एनपीएल फाइनल आज ः सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्दै

काठमाडौं २७, मंसिर, काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गर्‍यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो। दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा… पुरा पढौ

पोखरामा शुक्रबार मौरी तथा मह मेलामा मह किन्नेको भिड (भिडियो सहित), पोखरामा धेरै मौरी पालन गर्ने किसान पाचागाईलाई नगद १० हजार सहित सम्मान

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरामा धेरै मौरी पालन गर्ने कृर्षक सम्मानबाट यस बर्ष पोखरा ३३ का गोविन्द चापागाई नगद सहित सम्मान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा शुक्रबार आयोजना भएको मौरी तथा मह मेला–२०८२ को अवसरमा आयोजना भएको उक्त अवसरमा एग्रो फर्मका संचालक चापागाईलाई नगद सहित सम्मान गरिएको हो । https://www.youtube.com/watch?v=jXdkfP-Tn58 पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले २ सय घार मौरी पालन गर्नु भएका… पुरा पढौ

निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित

पोखरा, २६ मंसिर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्नेनिट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे ।उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहितसम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला… पुरा पढौ

आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सिंगल्सतर्फको फाइनलमा शिभाली, डबल्सतर्फ उपाधि हातमा

पोखरा, मंसिर २६, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् । साथै उनले शुक्रबार भएको गल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी छन् । जारी प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका)… पुरा पढौ