सागर सुनार,पोखरा, जेठ २६, कास्कीबाट सरुवा भई धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार पोखरामा विभिन्न संघसंस्था तथा नागरिक समाजले सम्मानसहित विदाई गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा आयोजित “विदाई तथा फेरि भेटौँला” कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्की, नागरिक समाज कास्की, पोखरा महानगरपालिका, पत्रकार महासंघ गण्डकी, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य ,नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।…
पुरा पढौ