प्रमुख समाचार

मुख्यमन्त्री प्रत्यक्ष कार्यकारी हुनुपर्छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित), संविधान शंसोधनमा जोड

दीननाथ बराल,पोखरा, असार ८, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संसदीय अभ्यास माथि प्रश्न गर्नु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मुख्य न्यायाधिवक्ताको कार्यालयको समन्वय तथा सहकार्यमा सोमबार पोखरामा सम्पन्न “संघीयता सवलीकरणमा संविधान संशोधन, गण्डकी प्रदेशको भूमिका र आगामी कार्यदिशा” विषयक नीति संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संसदमा बहुमतका लागि ‘टाउको गणना’ गर्ने अभ्यासले राजनीतिक अस्थिरता बढाएको दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=1lSVKR0lkwA&t=371s “अस्थिरताभन्दा ठूलो खतरा निरंकुशता हो,” उहाँले भन्नुभयो “अस्थिरतालाई नियन्त्रण गर्न सकिन्छ, तर निरंकुशतालाई छाडा छोडियो… पुरा पढौ

पोखराको बुलौदीमा डिभाइडरमा ठोकिएर मोटरसाइकल चालक युवकको मृत्यु, एक किशोरी गम्भीर घाइते

पोखरा, ८ असार, पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा गयराति शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक किशोरी गम्भीर घाइते भएकी छन्। शनिबार राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी विरेन्द्रकुमार पासवानले बताए । टाउको र छातीमा चोट… पुरा पढौ

कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत

लेखनाथ, ०८ असार, कास्कीमा हालै सरुवाभई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरुले शान्तिपुर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थाहुने आशा र विश्वास व्यक्त गरिन । अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यासायीहरुमा डर त्रास सिर्जना गरि हतोत्साही बनाउने कार्य नहुने अपेक्षागर्दै लेखनाथ क्षेत्रका तालहरुमाहुने दुर्घटनाहरुमा मानिसहरुको… पुरा पढौ

लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवादमञ्च

लेखनाथ, ०८ असार, स्थानियतहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवादमञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले स्थानिय स्तरमा रोजगारीका क्षेत्र पहिचानगर्न मञ्च उपयोगीहुने बताउँदै आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने… पुरा पढौ

पोखरा–९ को वडा कार्यालयद्वारा थकाली समुदायको समाजघरलाई फर्निचर सहयोग

पोखरा, असार ७, पोखरा महानगरपालिका वडा नम्बर ९ कार्यालयले थकाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन फर्निचर सामग्री सहयोग गरेको छ। वडा कार्यालयले करिब एक लाख रुपैयाँ बराबरका फर्निचर सामग्री तीन गाउँले थकाली सेवा समाजलाई आज (आइतबार) हस्तान्तरण गरेको हो। आइतबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र मर्सानीले समाजका अध्यक्ष कमलप्रसाद थकाली, उपाध्यक्ष कृष्णलाल थकाली, सचिव आशबहादुर थकाली लगायतलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। समाजघर तथा कार्यालय सञ्चालनलाई सहज बनाउन उक्त सहयोग गरिएको वडा अध्यक्ष मर्सानीले बताउनुभयो। कार्यक्रममा बोल्दै… पुरा पढौ

पोखराका विभिन्न स्थानमा योग शिविर सहित मनाईयो योग दिवस, योग र आरोग्य पर्यटनको सम्भावना छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा, ७ असार, पर्यटनको राजधानि पोखरामा अन्तर्राष्ट्रिय योग दिवस आज (आइतबार) योग शिविर सहित विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । आइतबार पोखरा रंगशाला, फेवाताल किनार, पोखराका पर्यटकीय गन्तव्यहरुमा योग शिविर सहित विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । भारतीय राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा आइबतार बृहत योग शिविर आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तथा भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्व, खेलकुदकर्मी, योग साधक तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा आँगनद्वारा ८० केजी कपडा सहयोग, सुखावती च्यारिटी स्टोर्समार्फत वितरण गरिने

पोखरा, सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा आँगनले पोखरा–१७, पार्दीस्थित सुखावती च्यारिटी स्टोर्सलाई ८० केजी प्रयोगयोग्य कपडा हस्तान्तरण गर्दै कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष लायन विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि हुमागाईंले संकलित कपडाहरू सुखावती च्यारिटी स्टोर्सको पोखरा शाखाकी प्रबन्धक अन्जना थापालाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा क्लब ब्याक चिफ लायन पदमबहादुर ढकाल, सुखावती च्यारिटी स्टोर्सकी पोखरा… पुरा पढौ

पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा डोजर चल्यो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ६ असार, पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा शनिबार डोजर चलेको छ । विहिबार बसपार्क क्षेत्रको उत्तरी क्षेत्र र केही पूर्वी भागमा डोजर चले पनि शनिबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बास्तोला थर कम्प्लेक्समा ३ सय २० वटा व्यापारीक सटर तथा अस्थायी घर टहराहरु भत्काइएको पोखरा महानगरपालिकाले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=-DKzevwKnRk&t=702s करिब पाँच दशकदेखि अड्किएको बसपार्क निर्माण योजनालाई अघि बढाउन महानगरले अस्थायी घर–टहरा हटाउने काम दुई दिन अघिदेखि बसपार्कमा डोजर लगायर भत्काउन सुरु गरेको थियो । बिहीबारदेखि… पुरा पढौ

जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी

पोखरा, कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो । कार्यसमितिको उपाध्यक्षमा श्याम प्रसाद तिमिल्सेना चयन भए । सचिवमा गुरु प्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए । कार्यसमिति सदस्यहरुमा चन्द्रा शर्मा,नारायण प्रसाद त्रिपाठी,लिला मोहन कुइकेल,प्रविण नेपाली,किरण राज तिमिल्सेना,सागर अधिकारी र रचना भुजेल रहेका छन् । मञ्चका नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्य अनुसार सबैलाई समेटेर… पुरा पढौ

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन, ६ असार, यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी… पुरा पढौ