प्रमुख समाचार

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा पदमुक्त, परियारलाई जिम्मेवारी, फेरी मुद्धा हाल्ने शर्माको चेतावनी

पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गरेको छ। प्रदेश सरकारले वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ मा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा सरकारले शर्मालाई पदबाट हटाउने निर्णय गरेको हो। बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको औपचारिक जानकारी शुक्रबार मन्त्रालयमार्फत परिषद् र सम्बन्धित निकायमा पठाइएको श्रोतले जनाएको छ । शर्मालाई पदमुक्त गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। परिषद्को कामकारबाही… पुरा पढौ

धार्मिक यात्राबाट बचत ६० हजार र व्यक्तिगत १० हजारसहित योगेश गुरुङको टिमबाट सहारा क्लबलाई ७० हजार सहयोग

पोखरा, सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यूके निवासी योगेश गुरुङ नेतृत्वले सहारा क्लबलाई ७० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। गुरुङले धार्मिक यात्राबाट बचत भएको ६० हजार रुपैयाँ सहारा क्लबलाई सहयोग गर्नुभएको हो। त्यसैगरी, क्लबले आयोजना गर्न लागेको देउसी–भैलो कार्यक्रमका लागि उहाँले आफ्नो व्यक्तिगत तर्फबाट थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। सहारा एकेडेमीमा हालै एक समारोहका बिच ७० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरिएको हो। यूकेको डाइमण्ड बुद्धिष्ट सेन्टरका संस्थापक महासचिव तथा निवर्तमान… पुरा पढौ

ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिसमा निम्तीलाई दोहोरो उपाधि, यू १६तर्फ असव र स्वराह बिजयी

पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा ट्रायङ्ुलिटी स्पाको मुख्य प्रायोजनमा पोखरामा जारी प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको तेस्रो दिन तीन उमेर समुहतर्फका फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् । प्रतियोगितामा गल्र्सतर्फ निम्ती कुंवरले दोहोरो उपाधि जितिन् । उनले यू१० र यू१२ दुई उमेर समुहमा उपाधि जितिन् । उनले यू१० तर्फको फाइनलमा सहारा कायस्थलाई ६–०, ६–१ ले जित हात पार्दा यू१२ तर्फ… पुरा पढौ

पोखरामा भारतीय गोर्खा सैनिकको ऐतिहासिक ग्यालरी स्थापना (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २० कात्तिक, पर्यटनको राजधानी पोखरामा भारतीय सेनामा सेवारत गोर्खा सैनिकहरूको वीरता, साहस, त्याग र बलिदानको इतिहास अब पोखरामै अवलोकन गर्न पाइने भएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराको पहलमा पोखरास्थित गोर्खा मेमोरियल म्युजियममा भारतीय गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक ग्यालरी स्थापना गरिएको हो । https://www.youtube.com/watch?v=faLwWTpf94Q&t=313s भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टको गौरवपूर्ण इतिहास, सैनिक योगदान, युद्धका अनुभव तथा वीरताका गाथालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पु¥याउने उद्देश्यले ग्यालरी स्थापना गरिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल… पुरा पढौ

पोखरामा १७ स्थानबाट सयपत्री फूल बिक्री हुने, प्रतिकेजी ५०० र प्रतिमाला २०० रुपैयाँ मूल्य निर्धारण, न्यूनतम समर्थन मुल्य समेत निर्धारण

दीननाथ बराल,पोखरा, २० कात्तिक, तिहारमा फूलमालाको माग बढ्ने समयलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि १७ वटा बिक्री केन्द्र तोकेको छ। महानगरपालिकाले यही कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारको सुनिश्चितता गर्ने, उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने र तिहारका बेला मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने उद्देश्यले महानगरले बिक्री केन्द्र र मूल्य निर्धारण… पुरा पढौ

पोखरामा लक्ष्मी मोटर हबले एकै दिन सार्वजनिक ग¥यो बीएआईसी र आर्कफक्सका दुई मोडल (भिडियो सहित), ३७ लाख ९६ हजारदेखि सभा एक करोड मुल्यका गाडी

दीननाथ बराल, पोखरा १९, कार्तिक, पोखराको अमरसिंह चोकमा लक्ष्मी मोटर हबले चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी र यसको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्सका दुई नयाँ मोडल एकैसाथ सार्वजनिक गरेको छ । नेपालका लागि बीएआईसी तथा आर्कफक्सका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै बीएआईसी बीजे६० हाइब्रिड र आर्कफक्स टी१ विद्युतीय गाडी औपचारिक रूपमा विहिबार सार्वजनिक गरेको हो । https://www.youtube.com/watch?v=0w0XqpZOkn0&t=6s अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनिल श्रेष्ठले संयुक्त रूपमा दुवै गाडीको अनावरण गर्दै सार्वजनिक गर्नुभयो ।… पुरा पढौ

रत्नमन्दिरमा व्यापारिक कम्प्लेक्स बनाउने प्रस्तावप्रति पोखरेलीको आपत्ति, सम्पदा संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड

दीननाथ बराल, पोखरा १९, कार्तिक, पोखराको ऐतिहासिक तथा पर्यटकीय पहिचानसँग जोडिएको फेवाताल किनारस्थित रत्नमन्दिर, हिमागृहलगायतका सार्वजनिक सम्पत्तिलाई निजी क्षेत्रलाई लिजमा दिएर व्यापारिक प्रयोजनमा उपयोग गर्ने प्रस्तावप्रति पोखराका नागरिक समाज, पर्यटन व्यवसायी तथा सरोकारवालाले असन्तुष्टि जनाएका छन् । नेपाल ट्रष्टले रत्नमन्दिर, हिमागृह, बाराहीघाट खेलमैदान र रत्नचोक आसपासका बहुमूल्य जग्गा ३० वर्षसम्मका लागि निजी क्षेत्रलाई भाडामा दिएर व्यापारिक कम्प्लेक्स, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने अवधारणासहितको प्रस्ताव अघि सारेपछि पोखरामा यसको पक्ष र विपक्षमा बहस सुरु भएको हो । यसै विषयमा आइतबार पोखरामा… पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीका २२ आर्चरी खेलाडी छनोट

पोखरा १९, कार्तिक, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आर्चरी खेलाडीको टुङ्गो लागेको छ । गण्डकी प्रदेश आर्चरी संघले सञ्चालन गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ पुरुष र १० महिला गरी २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले पोखराक्लिकलाई बताउनु भयो । दुई दिनसम्म चलेको छनोट प्रतिस्पर्धामा प्रदेशका चार जिल्लाका ३४ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका खेलाडीबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित… पुरा पढौ

पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न

पोखरामा प्रथमट्रयाङ्कुलिटी स्पा राष्ट्रियजुनियर टेनिस प्रतियोगिता २०२६ सुरु भएको छ । गण्डकीप्रदेश टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहकार्य एवं कास्कीजिल्ला टेनिस संघको प्राविधिक सहयोगमापोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समाबुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २१ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिनब्वाइज यू–१८ सिंगल्सतर्फ असभ सम्राटहाडाले विजयी सुरुवात गरेकाछन् । उनले अभिषेक विकलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा सन्दीपविकले संगमआले मगरलाई ६–०, ६–० तथा सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–०, ६–३ ले हराए । ब्वाइज यू–१४… पुरा पढौ

दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकार बनाएर मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी, ‘कारबाही होइन, जिम्मेवारी फेरबदल मात्रै हो’सरकार

काठमाडौं, १८ कात्तिक, सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै प्रहरी सङ्गठनको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा। मनोजकुमार केसीलाई सुम्पिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाउने र केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले कार्कीलाई पदबाट हटाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै भएको दाबी गरेको छ। मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीलाई सुरक्षा… पुरा पढौ