स्याङ्जा, जेठ २९, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा संगीत क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्याएका तीन जना स्रष्टालाई सम्मान गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार तथा कवि असफल गौतम, साहित्यिक स्रष्टा अनन्त कुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाल लाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपािलकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा, तथा सदस्य सचिव…
पुरा पढौ