प्रमुख समाचार

पोखराबाट दुबई नियमित उडान गर्ने फ्लाईदुबईको घोषणा, पर्यटन व्यवसायी उत्साहित

दीननाथ बराल, पोखरा, २६, जेठ, करिब साढे तीन वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति प्राप्त गरेसँगै फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा दैनिक नियमित उडान सुरु गर्ने तयारी गरेको हो । प्रारम्भिक चरणमा एक महिनाका लागि अनुमति पाएको कम्पनीले यात्रुको माग र व्यावसायिक सम्भावनाको मूल्याङ्कनपछि थप उडानको निर्णय गर्ने कम्पनीले जनाएको छ ।… पुरा पढौ

सुधन गुरुङ पुनः गृहमन्त्री, वैज्ञानिक डा. महावीर पुन मन्त्री, मन्त्रिपरिषद् हेरफेर

काठमाडौं, जेठ २६, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्दै सुधन गुरुङलाई पुनः गृहमन्त्री तथा वैज्ञानिक डा.महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ बमोजिम गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको हो। नवनियुक्त मन्त्रीहरू गुरुङ र पुनले मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । शपथलगत्तै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको गृहमन्त्री गुरुङ आफैँ गाडी… पुरा पढौ

साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली ह्याण्डबल टोली ढाका प्रस्थान

पोखरा, जेठ २६, अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ ९आइएचएफ० को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ। जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्ने नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले जानकारी दिएका छन् । ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य–सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै औपचारिक बिदाइ गरेका थिए… पुरा पढौ

पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश

पोखरा २६ जेठ, पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित यहीं जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ आयोजना गर्ने लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । खेल सप्ताह आगामी असार ५ गते सम्म सञ्चालन हुनेछ । पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् ।… पुरा पढौ

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीमा भव्य विदाई

सागर सुनार,पोखरा, जेठ २६, कास्कीबाट सरुवा भई धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जान लाग्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार पोखरामा विभिन्न संघसंस्था तथा नागरिक समाजले सम्मानसहित विदाई गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा आयोजित “विदाई तथा फेरि भेटौँला” कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्की, नागरिक समाज कास्की, पोखरा महानगरपालिका, पत्रकार महासंघ गण्डकी, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य ,नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।… पुरा पढौ

ओझेलमा परेका पर्यटकीय गन्तव्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारमा जोड, तीनदिने अध्ययन भ्रमण सकेर पत्रकार टोली पोखरा फर्कियो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, गण्डकी प्रदेशका ओझेलमा परेका तथा अपेक्षाकृत कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा सहभागी पत्रकारहरूको टोली पोखराबाट शुक्रबार प्रस्थान गरी तनहुँ, नवलपुर, स्याङ्जाका विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन, अध्ययन र रिपोर्टिङ गर्दै आइतबार बेलुका पोखरा फर्किएको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य… पुरा पढौ

शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

पोखरा, २५ जेठ, एसइईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै पोखरामा अब्बल विद्यालय शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो । पोखरा–५, पस्र्याङमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको शान्ति निकेतनमा पहिलो वर्ष नै १२० जना विद्यार्थी भर्ना भएका छन् । विज्ञान संकायतर्फ ८० जना र व्यवस्थापनतर्फ ४० जना सीट छुट्याइएकोमा लक्ष्य अनुरुप उच्चतम् ४ जीपीए प्राप्त गरेकासहित स्तरीय विद्यार्थी भर्ना भएको संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले जानकारी… पुरा पढौ

बेगनास तालमा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार, अचेत अवस्थामा अस्पताल भर्ना

पोखरा, जेठ २५, पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ। सिन्धुली घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका करिब २३ वर्षीय कान्छा मगर (नामले चिनिने) आइतबार दिउँसो बेगनास तालको रेस्क्यु टावर नजिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको नेतृत्वमा गोताखोर सहित ११ सदस्यीय उद्धार… पुरा पढौ

फेवातालका डुंगा चालक र अब यात्रुको समेत बिमा हुने

जेष्ठ २५,पोखरा, फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न… पुरा पढौ

नवलपुरको भिमसेन माविलाई गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताकोे उपाधि

दीननाथ बराल,पोखरा २५, जेठ, नवलपुरको भिमसेन आदर्श माध्यमिक विद्यालयले गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि चुमेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा नवलपुरको भिमसेन आदर्शले स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको भिमसेन आदर्श माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रनको योगफल जोड्न सफल भयो । खेलमा भिमसेनका पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ५… पुरा पढौ