प्रमुख समाचार

पुरानो पोखरा : विमानस्थलसँगै सुरु भएको गोरुगाडा सेवा

पोखराको विकासको रोचक पक्ष के हो भने यहाँ सडक यातायातभन्दा पहिले हवाई यातायातले गति लिएको थियो। २०११/१२ सालतिर पोखराका व्यापारीहरूले भैरहवा र काठमाडौंबाट हवाईजहाजमार्फत सामान मगाउन थालेका थिए। विमानस्थलमा अवतरण भएका ती सामान व्यापारीका घर–घर र पसलसम्म पुर्‍याउन गोरुगाडाको प्रयोग गरिन्थ्यो। कथनअनुसार गोरुगाडाका केही सामग्रीसमेत हवाईजहाजबाटै पोखरा ल्याइएको थियो। सामान ढुवानी गरेबापत पोखरा व्यापार संघले प्रत्येक पोका वा बोरामा सेवा शुल्क लिने गर्थ्यो। यही शुल्क संघको मुख्य आम्दानीको स्रोत बनेको थियो, जसबाट विद्यालय, कलेज तथा बालमन्दिर सञ्चालनमा समेत सहयोग पुग्थ्यो।… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न, रमेश लिम्बु र सुनशरी रोकाले जिते उपाधि

पोखरा, अन्नपूर्ण आधार शिविर म्याग्दी खण्ड तर्फ बुधबार दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न भएको छ। पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनशरी रोक्काले विजयी भएको गण्डकी एथ्लेटिक्स संघका महासचिव मनबहादुर थापाले बताए । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण हिमाल सफल आरोहण गरेको ७६ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा रमेशले २ घण्टा १४ मिनेटमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनशरीले २ घण्टा ४७ मिनेट १६ सेकेन्डमा दौड समाप्त गरी उपाधि जितिन्। दुवैले समान १ लाख… पुरा पढौ

छैटौं अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवर र महिला तर्फ मञ्जु रावतलाई

दीननाथ बराल,पोखरा, २० जेठ, साहसिक खेलकुद र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कास्कीको घान्द्रुकमा आयोजित छैटौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावक दलबहादुर कुँवर र धाविका मञ्जु रावत च्याम्पियन बन्न सफल हुनु भएको छ । पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुभयो । पाँचौं संस्करणमा तेस्रो स्थान हासिल गर्नु भएको यसपाली निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा पूरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । ४ घण्टा १०… पुरा पढौ

फिर्केखोलामा ढल विसर्जन रोक्न पोखरा महानगरको चेतावनी

पोखरा, पोखरा महानगरपालिकाले फिर्के खोलामा ढल सिधै फाल्ने काम रोक्न १० दिन भित्र आवश्यक सुरक्षा व्यवस्थाहरू पूरा गर्न आग्रह गरेको छ ।पोखरा महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै मापदण्ड बाहिरको जमिनमा सेफ्टी ट्याङ्की र सोफिट निर्माण नगरी ढल फाल्ने कार्य जारी रहे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो । साथै, महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका स्थायी तथा अस्थायी १६० संरचना हटाउने अभियान पनि जारी राखेको छ। वडा नं। १८ को अँधेरीकुनादेखि वडा नं। ६ गाईघाटसम्म फैलिएको खोलाघर सफाइ… पुरा पढौ

न्युरोडमा दोहोरो पार्किङको माग गर्दै व्यवसायी आन्दोलित, व्यापार प्रभावित भएको गुनासो

पोखरा, केही दिनयता जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको नगर प्रहरीले पोखराको न्युरोड क्षेत्रमा एकतर्फी पार्किङ व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै नो–पार्किङ क्षेत्रमा राखिएका सवारी साधनहरू नियन्त्रणमा लिन थालेपछि स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्। हाल न्युरोडको सडकको पूर्वी भागमा मात्र पार्किङको व्यवस्था गरिएको छ भने पश्चिमी भागमा पार्किङ निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन र सडकमा हुने जाम न्यूनीकरणका लागि लागू गरिएको यो व्यवस्थाले सडक सञ्चालनमा केही सहजता ल्याए पनि व्यापारिक गतिविधिमा नकारात्मक असर परेको व्यवसायीहरूको दाबी छ… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास (Adrian Lukasz) सहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ । लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला सहित विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल र स्थलगत निरीक्षण गरेको छ । सो क्रममा विमानस्थलको… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः सार्वजनिक ’रिटर्न टु भिलेज’ देखि गाँजा खेती नियमनसम्म (पूर्ण पाठ) सहित

पोखरा, १९ जेठ, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै विभिन्न कार्यक्रम सहित कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो । दोस्रो पञ्चवर्षीय योजनाको सोचलाई आत्मसात् गर्दै ल्याइएको यस नीति तथा कार्यक्रममा पर्यटन, दिगो… पुरा पढौ

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको ५ लाख सहयोग घोषणा, पद्मराज ढकालले पनि गरे आर्थिक सहयोग

पोखरा, जेठ १, नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ । वि.सं.२०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔं” भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो। पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।… पुरा पढौ

पोखराको सेतीनदी पुल अवलोकन गर्दै मन्त्री लम्सालले समयमै निर्माण सम्पन्न गर्न निर्देशन

पोखरा, नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेतीनदीमाथि निर्माणाधीन अबस्थामा रहेको सिग्नेचर पुल निर्माणको काममा कुनै पनि बहानाबाजी नगरी निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पृथ्वीचोकमा रहेको सेतीनदीमाथि निर्माण भइरहेको पुलको प्रगति बुझ्न मन्त्री लम्साल आज (सोमबार) स्थलगत अवलोकन गर्नु भएको थियो । स्थानीय अवरोधका कारण प्रभावित उत्तरतर्फको पुलको अवस्था निरीक्षण गर्दै उहाँले आयोजना सम्पन्न गर्न देखिएका समस्या तत्काल समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै निर्माण… पुरा पढौ

गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन

कास्की , गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा स्याङ्जा महिला यू—१९ टोली च्याम्पियन भएको छ । वाई वाई महिला यू—१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू—१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । वाई वाई महिला यू(१९ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा स्याङ्जा महिला यू—१९ टोलीले कास्की महिला यू(१९ लाई ३ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको… पुरा पढौ