प्रमुख समाचार

मिस नेपाल २०२६ को खोजी पोखराबाट, मंगलबार प्रदेशस्तरीय अडिसन हुने

पोखरा, नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का लागि प्रतिभा खोज अभियानअन्तर्गत भोलि (मंगलबार) पोखरामा प्रदेशस्तरीय अडिसन हुने भएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले देशका विभिन्न शहरमा पुगेर नयाँ अनुहार तथा प्रतिभाशाली युवतीहरूको खोजी गर्ने अभियानअन्तर्गत गण्डकी प्रदेशको राजधानि पोखरामा अडिसन गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा छनोटबाट उत्कृष्ट प्रतिस्पर्धीहरूलाई काठमाडौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले जानकारी दिए । यस वर्षको प्रतियोगिताका लागि आवेदन… पुरा पढौ

हिमालय एअरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्ने तयारी

काठमाडौं, जेठ १८, चर्चीत एयरलायन्स हिमालय एअरलाइन्सले आगामी जुन ४, २०२६ ९जेठ २१, २०८३० देखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनबीच पहिलो पटक सिधा हवाई सम्पर्क स्थापना हुन लागेको एअरलाइन्सले पोखराक्लिकलाई जनाएको छ। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई उडान सञ्चालन गरिनेछ। काठमाडौंबाट उडान प्रत्येक मंगलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिनेछ। हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

म्याग्दीले जित्यो दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा १८, जेठ, म्याग्दी जिल्लाले दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा बिजेता टिम म्याग्दीले नगद रु ५० हजार तथा उपविजेता पर्वतले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको पहिलो सेमिफाइनलमा पर्वतले तनहुँलाई ४९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।… पुरा पढौ

टेम्पल बेल बुटिक होटलको प्रथम वार्षिकोत्सवमा होटल निर्माण अभियानमा योगदान दिने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान, टेनिस संघलाई गाला डिनरबाट करिब ९ लाख सहयोग

पोखरा, १८, जेठ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो प्रथम वार्षिकोत्सव विशेष समारोहका होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगदसहित सम्मान गरेको छ। पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय चिल्ली ग्रुपको लगानीमा निर्माण भएको टेम्पल बेल बुटिक होटलले पहिलो वर्षको सफल सञ्चालन पूरा गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा होटल निर्माण अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको… पुरा पढौ

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न (भिडियो सहित) पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

जेष्ठ १८,पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान… पुरा पढौ

भीआर मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार किशोरको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

दीननाथ बराल,पोखरा, जेठ १८, पोखराको न्यूरोड क्षेत्रमा आइतबार भएको सवारी दुर्घटनामा स्कुटरमा सवार एक किशोरको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाको पुरानो कार्यालय अगाडिको सडकमा ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १७ वर्षीय सिजन तिवारी गम्भीर घाइते भएका थिए तर उनको उपचारकै क्रममा मृत्यु भएको हो । पोखरा–२८ स्थायी घर भई हाल पोखरा–११ फुलवारी बस्दै आएका तिवारीलाई दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि… पुरा पढौ

लगातार ४ दिने सार्वजनिक बिदामा पोखरामा पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, होटल अकुपेन्सि ९० प्रतिशत

दीननाथ बराल,पोखरा, १७ जेठ, लगातार चार दिनको सार्वजनिक बिदाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विहिबार बकर ईद, शुक्रबार गणतन्त्र दिवस तथा शनिबार–आइतबारको सार्वजनिक बिदाका कारण विगत तीन दिनदेखि पोखराका पर्यटकीय स्तरका होटलहरू भरिभराउ भएको व्यवसायीहरुले बताउनु भयो । पोखरामा हाल होटल अकुपेन्सि करिब ९० प्रतिशत पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । जेठ १४ गते बकर ईदको सार्वजनिक बिदा, जेठ १५ गते गणतन्त्र दिवस तथा त्यसलगत्तै शनिबार र आइतबार गरी लगातार… पुरा पढौ

गण्डकीमा राइड सेयरिङको भाडादर निर्धारण, चारपांग्रेको न्यूनतम भाडा १५७ र दुईपांग्रेको ४६.५० रुपैयाँ

दीननाथ बराल,पोखरा, १७ जेठ, गण्डकी प्रदेशमा राइड सेयरिङ एपलाई कानुनी मान्यता दिएर कार्यान्वयनको चरणमा ल्याएको छ । गण्डकी प्रदेशमा अब चारपांग्रे सवारी प्रयोग गर्ने यात्रुले चढ्नासाथ १५७ रुपैयाँ सुरुवाती भाडा तिर्नुपर्नेछ भने दुईपांग्रेको ४६.५० रुपैयाँया शुल्क तिर्नुपर्ने भएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८३ को नियम १९ बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मिति २०८३÷०२÷११ (मन्त्रीस्तरीय) को निर्णयानुसार मिति २०८३÷०२÷११ देखि लागू हुने… पुरा पढौ

विभिन्न कार्यक्रम सहित जय मनकामना बचत तथा ऋण सहकारीको रजत जयन्ती बर्ष सम्पन्न

पोखरा, पोखरा १९ लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत बर्ष बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।आज पोखरामा एक कार्यक्रमका बिच सहकारीले रजत बर्ष समापनसहित संस्थाको स्मारिका विमोचन एवं विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको संस्थाका सचिव बुद्धि खत्री क्षत्रीले बताए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रमा देखिएका नितिगत समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले बद्लिदो आर्थिक तथा सामाजिक परिवेशमा सहकारी क्षेत्रले… पुरा पढौ

बालोदय बोर्डिङ स्कूलले पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जित्यो

दीननाथ बराल,पोखरा, १७ जेठ, पोखरा–१७ मा रहेको बालोदय बोर्डिङ स्कूलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरामा आज (आइतबार) सम्पन्न फाइनल खेलमा बालोदयले साविक उपविजेता एल.पी.देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई ३–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । बालोदयका लागि निसान भुजेलले २ र आयुष थापा मगरले १ गोल गरे। भुजेलले खेलको २६ र ४५ औं मिनेटमा गोल गरे भने मगरले २८ औं मिनेटमा गोलको योगदान दिए। खेलमा बालोदयका रिदम थारुलाई ‘म्यान… पुरा पढौ