दीननाथ बराल, पोखरा, स्पेनको दोनस्तीस्थित नेपाली समाज दोनस्तीले नेपाली कला, संस्कृति र मौलिक खानाका परिकार मार्फत नेपालको पहिचान प्रवर्द्धन गरेको छ । यहाँको सान सेबास्तिआन नगरपालिकासँगको समन्वयमा आयोजना भएको “फुड फेस्टिभल” मा नेपाली समाज दोनस्तीले नेपाली स्वाद, भेषभूषा र सांस्कृतिक प्रस्तुति झल्किने विशेष कार्यक्रम आयोजना गरेको हो । यही मे २३ तारिख (शनिबार) आयोजना भएको कार्यक्रममा नेपाली मौलिक परिकारहरू पस्किने कार्यक्रम भएको थियो । कार्यक्रममा मःम, पकौडा, समोसा, सेलरोटी लगायत नेपाली स्वाद झल्किने विभिन्न खानाका परिकार प्रर्दशनी भएको थियो भने…
पुरा पढौ