प्रमुख समाचार

पोखराको न्यूरोडमा मध्यराति स्कुटर दुर्घटना हुदा २८ वर्षीय आशिषको उपचारका क्रममा मृत्यु

पोखरा ११, कार्तिक, पोखरामा स्कुटर दुर्घटनामा परी २८ वर्षीय एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८, सभागृहचोक नजिक चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जार्दै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आउनु भएको आशिष कुँवरको ज्यान गएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । आज (बुधबार) बिहान करिब २ः५० बजे ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । स्कुटरको पछाडि सवार कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि बोल्नसमेत… पुरा पढौ

ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

पोखरा, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ ९श्याम० को परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रा।लि।, पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो। गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै चलचित्र निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय… पुरा पढौ

चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित

काठमाण्डौं, चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो । विराटनगरलाई रोक्ने क्रममा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। रिजन ढकालले २ विकेट लिए भने अन्य बलरले एक–एक विकेट हात पारे । विराटनगरका इम्रान शेखले सर्वाधिक ३९ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए । लोकेश बमले २६ रनको योगदान दिए पनि टोलीलाई… पुरा पढौ

पोखरामा हटएयर बेलुनको सिजन सुरु, दैनिक बिहान र बेलुका ४ वटा फ्लाइट हुँदै

दीननाथ बराल, पोखरा १०, कार्तिक, पोखरामा साहसिक पर्यटनको आकर्षणका रूपमा स्थापित हट एयर बेलुनको नयाँ सिजन सुरु भएको छ । वर्षायामका कारण रोकिएको व्यावसायिक उडान पुनः सञ्चालनमा आएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । अहिले पोखरामा दैनिक बिहान र बेलुका गरी चारवटा उडान सञ्चालन हुँदै आएको वेलुन नेपालले पोखराक्लिकलाई जनाएको छ । यस वर्षको सेप्टेम्बरसम्म करिब ६ सय आन्तरिक तथा बाह्य पर्यटकले हट एयर बेलुनमा उडान गरेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताउनु भयो । गत वर्ष सेप्टेम्बरदेखि मेसम्मको… पुरा पढौ

दशैंसंगै पर्यटनमा छायो खुसि, पर्यटन व्यवसायीमा आशा

दीननाथ बराल, पोखरा, ९ कात्तिक, वडा दशैंसंंगै पर्यटनमा खुसियाली छाएको छ । यस वर्षको वडा दशैंको अवसरमा गत बर्षको तुलनामा पोखरा क्षेत्रमा कम पर्यटक आगमन भए पनि पर्यटन व्यवसायमा थप आशा पलाएको हो । यस वर्षको वर्षा, बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजारमा दसैंसँगै चहलपहल बढेसंगै हाल व्यवसायहिरुमा आशा पलाएको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन कम रहे पनि दसैंको टीकापछि होटलमा पाहुनाको उपस्थिति बढ्न थालेसँगै पर्यटन व्यवसायीमा आशा पलाएको हो । विगतका वर्षमा दसैं… पुरा पढौ

पोखरा पर्यटन परिषद्का १० बुँदे माग, सभामुख अर्याललाई बुझाइयो ज्ञापनपत्र

पोखरा, ९ कात्तिक, पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनदेखि पुराना पदमार्गको संरक्षण, पर्यटनमैत्री नीति र कर प्रणालीमा सुधारसम्मका १० बुँदे माग अघि सारेको छ । पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकासलाई गति दिने उद्धेश्यले परिषद्का अध्यक्ष हरि भुजेल सहित परिषद्मा आबद्ध विभिन्न पर्यटनसम्बद्ध संस्थाका अध्यक्षहरूले सोमबार पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी पर्यटन क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्। सो अवसरमा परिषद्ले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारको… पुरा पढौ

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएलको उद्घाटन, साविक विजेता लुम्बिनीको विजयी सुरुआत

काठमाडौं , प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उहाँले उद्घाटन खेलको पहिलो इनिङ्ससमेत मैदानमै बसेर हेर्नुभएको थियो। तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। लुम्बिनीको जितमा ओपनर डार्सी… पुरा पढौ

पोखरामा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

पोखरा, ९ कात्तिक, पोखरामा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये एक जनाले मादक पदार्थ र छ जनाले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउँसो करिब २ः२५ बजेदेखि पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकको पृथ्वी राजमार्ग खण्डमा सवारी चालकको जाँच गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी… पुरा पढौ

पोखराको दसैं महोत्सवमा रमाए विदेशी पर्यटक, कबडी खेलको रौनक भिडियो सहित

जया पौडेलपोखरा, नेपालको प्राकृतिक सुन्दरतामा रमाउन आउने विदेशी पर्यटकले पोखरामै नेपाली मौलिक संस्कृति र दसैं पर्वको अनुभव लिन पाएका छन्। कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको बाराहीघाटमा आयोजित दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा विदेशी पर्यटकले निधारमा टीका र कानमा जमरा लगाएर नेपाली परम्परासँग साक्षात्कार गरेका हुन्। https://www.youtube.com/watch?v=Pmrm9evJpp0&t=19s महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको महोत्सवले पोखराको पर्यटनलाई हिमाल, ताल, पदयात्रा र साहसिक गतिविधिमा मात्र सीमित नराखी नेपाली संस्कृति, चाडपर्व र परम्परासँग जोड्ने प्रयास गरेको छ। आफ्नो देशमा नेपाली संस्कृति र दसैंका… पुरा पढौ

पोखरामा भोलि हुने दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी पूरा

दीननाथ बराल, पोखरा, ७ कात्तिक, नेपालीको महान् पर्व बडादसैँको सांस्कृतिक रौनकलाई पर्यटनसँग जोड्दै पोखरामा भोलि ९आइतबार० ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ आयोजना हुँदैछ । पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० ले जनाएको छ । गृहलक्ष्मी ग्यासको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा हुन लागेको महोत्सवले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई स्वदेशी तथा विदेशी पर्यटक माझ पु¥याउने लक्ष्य राखेको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताउनु… पुरा पढौ