प्रमुख समाचार

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

खानेपानीको आपुर्ति सहज बनाउन होटल व्यवसायीको माग, दैनिक बोरिङको पानी किन्नुपर्ने व्यवसायीको गुनासो

पोखरा, पोखराको लेकसाइड क्षेत्रमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज(शुक्रबार) नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अझै व्यवसायीहरुले कबिर ६५ प्रतिशत जसो पानी बोरिङ र अन्य नीजि क्षेत्रसंग खरिद गर्न बाध्य हुनु परेको छ । आफुहरुले मुस्किलले करिब ३५ प्रतिशत जसो मात्र संस्थानको पानी उपलब्ध… पुरा पढौ

पोखराका २१ उद्योगमा जग्गा भाडा शुल्क नतिरेको भन्दै लाइन काटियो, दुई दिनमै उठ्यो साढे ३ करोड बक्यौता

दीननाथ बराल,पोखरा, असार ४, जग्गा भाडा बक्यौता नतिरेका उद्योगमाथि पोरखामा कडाइ सुरु गर्दै नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित २१ उद्योगको विद्युत् आपूर्ति काटेको छ। विद्युत् लाइन काट्न सुरु गरेसँगै उद्योगीहरू बक्यौता बुझाउन बाध्य भएका छन् भने दुई दिनमै करिब ३ करोड ६० लाख रुपैयाँ असुली भएको कार्यालयले पोखराक्लिकलाई जनाएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पोखरा शाखाले बुधबारदेखि बक्यौता रकम नतिरेका उद्योगहरूको विद्युत् लाइन काट्न थालेको हो। कार्यालयका प्रमुख रमेशराज नेपालका अनुसार हालसम्म २१ उद्योगको… पुरा पढौ

पोखरा महानगरले ल्यायो नयाँ नीति तथा कार्यक्रम पूर्ण पाठसहित

दीननाथ बराल,पोखरा, ४ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन, पूर्वाधार, सुशासन, हरित विकास र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । महानगरको १९ औँ नगरसभामा आज (बिहीबार) वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख धनराज आचार्यले महानगरले पोखरा रिङरोड निर्माण प्रक्रिया सुरु गर्ने, आधुनिक बसपार्क निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भएको हो । सभागृह निर्माण थाल्ने, पातलेछाँगोमा सिसा पुल सञ्चालनमा ल्याउने तथा फिर्केखोलालाई नयाँ पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, हरित विद्यालय विकास,… पुरा पढौ

पोखरा बसपार्कमा चल्यो डोजर (भिडियो सहित), सुकुम्बासीको पहिचानसहित व्यवस्थापन गर्दै बसपार्क निर्माण कार्य अघि बढाइने मेयर आचार्यको भनाई

दीननाथ बराल, पोखरा, ४ असार, पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत आज (बिहीबार) देखि डोजर चलाउन सुरु भएको छ । विगत करिब ५ दशक देखि अड्किएको बसपार्क विस्तार तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन महानगरले अस्थायी रुपमा निर्माण भएका घर तथा टहरा हटाउने कार्य सुरु गरेको हो । https://www.youtube.com/watch?v=kdxJc74S3-c&t=522s सार्वजनिक जग्गा अतिक्रमण तथा अव्यवस्थित संरचनाका कारण बसपार्क निर्माण अघि बढ्न नसकेको अवस्थामा अब क्रमशः केही क्षेत्र खाली गर्दै व्यवस्थित विकास गर्ने योजना अघि… पुरा पढौ

पर्यटनको राजधानी पोखरामा खेलकुदको नयाँ क्षितिज, खेल पर्यटनले फेर्न सक्छ अर्थतन्त्रको अनुहार

दीननाथ बराल,पोखरा, पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ । क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन्… पुरा पढौ

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, फ्रान्स पनि विजयी

पोखरा, विश्वकप फुटबलमा अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ। बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्‍यो। मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। यससँगै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। मेस्सीले छैटौँ विश्वकप खेल्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब अस्ट्रिया र जोर्डनसँग खेल्नेछ। यता, समूह ‘आई’… पुरा पढौ

पोखरामा ‘यामाहा ब्लु फेस्ट’ सुरु, एक्सचेन्जमा न्यूनतम ५० हजारसम्म मूल्यांकन र बम्परमा आईफोन १७ प्रो म्याक्स

पोखरा, ३ असार, यामाहा मोटरसाइकल तथा स्कुटरहरूको मुख्य आपूर्तिकर्ता एम.ए.डब्लु. राइड्स प्रा.लि.तथा पोखराको आधिकारिक विक्रेता भि.ए.डब्लु.इन्टरप्राइजेज प्रा.लि. नयाँबजार को संयुक्त आयोजनामा नेपालकै ठूलो एक्सचेन्ज अभियानका रूपमा प्रचार गरिएको ‘यामाहा ब्लु फेस्ट’ असार ३ गतेदेखि १० गतेसम्म पोखरा रंगशाला गेट नम्बर–२ स्थित खेल मैदानमा सञ्चालन हुने भएको छ। आयोजकका अनुसार महोत्सवमा यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद छुट, हाई–भ्यालु एड–अन सुविधा तथा निःशुल्क एसेसरिज प्याकेज उपलब्ध गराइनेछ। साथै दुई वर्षसम्मको सवारी कर निःशुल्क तथा पाँच वर्षसम्म… पुरा पढौ

क्रिकेटमा दक्ष जनशक्ति उत्पादनका लागि पोखरामा दुई दिने तालिम सम्पन्न

असार ३, पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ । तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष बरालले स्कोरिङ सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँबाट विभिन्न विद्यालयका सम्बन्धित शिक्षक, पूर्व खेलाडी तथा क्रिकेट प्रेमीहरू… पुरा पढौ

सुरक्षा कारण देखाउँदै अझै सार्वजनिक सडक खुल्न सकेन

पोखरा, सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको पोखराको एक सार्वजनिक सडक दुई दशक बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयवासीले पुनः सडक खुलाउन दबाब बढाएका छन्। पोखरा महानगरपालिका–७ स्थित खानेपानी संस्थानको गेटदेखि मालपोत तथा नापी कार्यालय जोड्ने सडक २०६०र०६१ सालतिर माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला सशस्त्र प्रहरी बलले सुरक्षा संवेदनशीलता देखाउँदै बन्द गरेको थियो। द्वन्द्व समाप्त भएको २० वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त सडक अझै खुल्न नसकेको हो। सडक बन्द भएपछि वडा नम्बर ६ र ७ का बासिन्दाले खानेपानी संस्थान,… पुरा पढौ