पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस सुरु, पहिलो दिन २१ खेल सम्पन्न

-


     पोखरा क्लिक     
     कार्तिक १८ गते २०८३ मा प्रकाशित


पोखरामा प्रथमट्रयाङ्कुलिटी स्पा राष्ट्रियजुनियर टेनिस प्रतियोगिता २०२६ सुरु भएको छ । गण्डकीप्रदेश टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहकार्य एवं कास्कीजिल्ला टेनिस संघको प्राविधिक सहयोगमापोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समाबुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन २१ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको पहिलो दिनब्वाइज यू–१८ सिंगल्सतर्फ असभ सम्राटहाडाले विजयी सुरुवात गरेकाछन् । उनले अभिषेक विकलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा सन्दीपविकले संगमआले मगरलाई ६–०, ६–० तथा सुरेन्द्र विकले दर्शन अधिकारीलाई ६–०, ६–३ ले हराए । ब्वाइज यू–१४ सिंगल्सतर्फ निधयविक्रम रानाले माकर्ब पोखरेललाई ६–०, ६–० ले पराजितगर्दा सौरभ भट्टचनले जोनिल साईलाई ६–२, ६–० र इभान भट्टराईले आदित्यपुन मगरलाई ६–२, ६–४ ले हराए ।

यू–१६ ब्वाइज सिंगल्समादर्शन अधिकारीले आयुषमाझीलाई ६–०, ६–० ले पराजित गरे । यू–१२ ब्वाइज सिंगल्सतर्फ आरोग्य राईले हेमन्तपुन मगरलाई ६–०, ६–०, आदित्यपुन मगरले जोनिल साईलाई ६–०, ६–३ तथानिधयविक्रम रानाले सौरभ विक्रम रानालाई ६–०, ६–२ ले हराए ।
यू–१० ब्वाइज सिंगल्समा सोनामघलेले रिजन रानालाई ६–०, ६–१ र आयानपन्तले दिप्सनपुन मगरलाई ६–२, ६–० ले पराजित गरे ।
गल्र्सतर्फ यू–१० र यू–१२दुवै उमेर समूहमा साहारा कायस्थविजयीभइन् । उनले यू–१० मा सेजलपुन मगरलाई ६–१, ६–० तथा यू–१२ माअनन्या गुरुङलाई ६–०, ६–० को सोझो सेटमा पराजितगरिन् ।

यस अघि सो प्रतियोगिताको उद्घाटनप्रमुखप्रायोजक संस्थाकाप्रवन्धनिर्देशक रनिल खैँजुले गरे । गण्डकीप्रदेश टेनिस संघकाअध्यक्ष विनोद कायस्थको अध्यक्षतामाभएको उद्घाटनकार्यक्रममाप्रतियोगिता संयोजकलोकबहादुर गुरुङ, संघकामहासचिवनवीनचालिसेलगायतले प्रतियोगिताले जुनियर खेलाडीको क्षमताविकास र नयाँप्रतिभाउत्पादनमामहत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

कात्तिक २१ गतेसम्म सञ्चालनहुने प्रतियोगितामाविभिन्नउमेर समूहका ४३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई ट्रयाङ्कुलिटी स्पाले मुख्यप्रायोजन गरेको छ भने कर्माचार्य बिस्कुट, सुजलफुड्स प्रालि र सोल्टीमिनरल वाटरले सहकार्य गरेकाछन् ।ट्रयाङ्कुलिटी स्पा देशकै ठूलो स्पा चेन समेत हो ।



This will close in 20 seconds