प्रमुख समाचार

पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

पोखरा, १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो । नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन । माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा,… पुरा पढौ

बिमा सम्वन्धि पत्रकारसँग बिमा प्राधिकरणको अन्तरक्रिया, आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता(भिडियो सहित)

मंसिर २३, पोखरा, नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो । बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । https://www.youtube.com/watch?v=JFaOOV0c1iA अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए… पुरा पढौ

पोखरामा साफ यु–१९ महिला च्याम्पियनसिप माघ दोश्रो साता हुने

पोखरा २३, मंसिर, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरामा आउँदो माघ दोश्रो साता देखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । पोखरामा पहिलो पटक आगामी माघ १५ (जनवरी २९) देखि उक्त प्रतियोगिता हुने तयारी गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलबार पोखराका पत्रकारसंग बताउनु भएको हो । सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको फुटवल मैदान अवलोकन समेत… पुरा पढौ

आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा, सर्किट–२ ः दोस्रो दिनका खेल सम्पन्न

पोखरा, मंसिर २३, कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् । दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षम विक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् । श्रीलंकाली… पुरा पढौ

पोखरामा करिब एक सय युवा ठगिए, सिटीईभिटी गण्डकी प्रदेशको लोगो र नाम दुरुपयोग, मेडिको नेटवर्कलाई कार्वाही !

दीननाथ बराल,पोखरा–२२, मंसिर, देशमा बेरोजगारी समस्या भएका वेला पोखरामा सकि नसकि लाख रुपैया बुझाउदै केयर गिभर तालिम सिक्ने युवाहरु यति वेला अन्यौलमा परेका छन् । युवाहरुले सकि नसकि ऋण धन गरी सिप सिक्ने भन्दै उक्त तालिम लिए पनि हाल उक्त सटिफिकेटमा प्रश्न चिन्न उठे पछि हाल लाख खर्चियर तालिम लिएका युवाहरु अन्यौलमा परेका हुन् । सिटीईभिटी गण्डकी प्रदेशको आधिकारिक लोगो र नाम दुरुपयोग गर्दै बिद्यार्थीहरुबाट बढी रकम अशुल्दै आएको पोखराको मेडिको नेटवर्क प्रा.लि.माथि कार्वाही गर्न पिडितहरुले माग गरेका छन् ।… पुरा पढौ

दोस्रो त्रि—भुवन स्मृति कप फागुन ७ देखि ९ गते सम्म हुने, पुरस्कार राशिमा वृद्धि, ‘विशेष युवा सम्मान’ र स्वास्थ्य शिविर हुने

पोखरा, २२ मंसिर पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने… पुरा पढौ

फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

पोखरा, २१ मंसिर, साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु… पुरा पढौ

अख्तियारद्वारा पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ विरुद्ध मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पोखरा विमानस्थल निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जना व्यक्ति र एक विदेशी निर्माण कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचारद्वारा खपत भएको रकम लगभग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी रहेको उल्ल्ेख गरेको छ । सो मुद्दामा समावेश व्यक्तिहरूमा तत्कालीन मन्त्रीहरु स्व. पोष्टबहादुर बोगटी रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्य — साथै तत्कालीन अर्थमन्त्री रामशरण महत, सचिवहरु र नागरिक उड्डयन प्राधिकरण… पुरा पढौ

पाँच दिने व्यापार मेला तथा क्यान इन्फोटेक सम्पन्न

पोखरा,२१ मंसिर, पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै… पुरा पढौ

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

Post पोखरा, २१ मंसिर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरकोसंयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नामफोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमागुरुङ, अनुशासन समिति संयोजक… पुरा पढौ