प्रमुख समाचार

एमालेको गढ भत्काउँदै रास्वपाकी नेतृ बिना गुरुङ विजयी, जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने प्रतिबद्धता (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २३ फागुन कास्की निर्वाचन क्षेत्र नं। ३ मा नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतअन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। https://www.youtube.com/watch?v=G15hunNGtCg निर्वाचन कार्यालयका अनुसार विजयी गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७… पुरा पढौ

देश रास्वपामय भयो, ठूला दललाई आफ्नो साख जोगाउन मुस्किल

दीननाथ बराल,पोखरा, २२ फागुन, प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा देशको राजनीतिक चित्रमा अप्रत्याशित परिवर्तन देखिन थालेको छ । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय प्रदर्शन गर्दै ठूला दललाई दबाबमा पारेको छ। शुक्रबार साँझ ८ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाले ३ स्थानमा जित हासिल गरेको छ भने देशभर ११० स्थानमा अग्रता कायम गरेको छ। हालसम्म नेपाली काँग्रेसले २ स्थानमा जित हासिल गरेको छ भने १२ स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले) १० स्थानमा अग्रता कायम… पुरा पढौ

नेकपाले रुकुम पूर्वबाट खाता खोल्यो, संयोजक प्रचण्ड ६ हजार बढी मतान्तरले विजयी

रुकुम पूर्व, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीलाई उक्त क्षेत्रबाट पहिलो जित दिलाउनुभएको हो। बिहीबार सम्पन्न निर्वाचनको मतगणना अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसकी उम्मेदवार… पुरा पढौ

मुस्ताङमा काँग्रेसको जित दोहोरियो, योगेश गौचन थकाली पुनः निर्वाचित

दीननाथ बराल,पोखरा, २२ फागुन हिमालपारिको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता योगेश गौचन थकाली पुनः निर्वाचित भएका छन्। नेकपा ९एमाले० का उम्मेदवार इन्द्रधार बिष्टलाई १ हजार ८०६ मतान्तरले पराजित गर्दै थकालीले लगातार दोस्रो पटक विजय हासिल गरेका हुन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिष्टले १ हजार ८०३ मत पाएका छन्। यससँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जस्तै यस पटक पनि थकालीले एमाले उम्मेदवारलाई पराजित… पुरा पढौ

एमालेको गढ मानिने कास्कीमा प्रारम्भिक चरणमै रास्वपाको मतान्तर फराकिलो हुँदै

दीननाथ बराल,पोखरा, २२ फागुन, एमालेको बलियो प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा फराकिलो अग्रता कायम गर्न सफल भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले सुरुदेखि नै मतान्तर बढाउँदै लगेपछि कास्कीको राजनीतिक समीकरणमा नयाँ संकेत देखिन थालेको हो । पछिल्लो मतपरिणाम अनुसार कास्की–१ मा ११ हजार ८०५ मत गणना हुँदा रास्वपाका गणेश पौडेल ५ हजार ६५ मतसहित अग्रस्थानमा रहनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका… पुरा पढौ

कास्कीमा ६१ प्रतिशत मत खस्यो (भिडियो सहित) मतगणना हुने तयारी

दीननाथ बराल, पोखरा, २१ फागुन, कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज सम्पन्न मतदानमा करिब ६१.३४ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार मतदाताको सहभागिता उत्साहजनक देखिएकाले ६१.३४ प्रतिशतले १ लाख ८९ हजार २ सय ६७ मत खसेको छ । जस मध्य महिला मतदाताको उल्लेखनिय रुपमा सहभागि भएका छन् । https://www.youtube.com/watch?v=WXBmghe43rU महिला १ लाख ३ सय ५ जना पुरुष ८८ हजार ९ सय ५९ जना सहभागि भए । अन्य ३ जना मतदानमा सहभागि भए । मतदान सकिए… पुरा पढौ

कास्कीमा ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान, हालसम्म ४० प्रतिशत खस्यो

दीननाथ बराल,पोखरा, २० फागुन, कास्कीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतदानमा दिउँसो १ः३० बजेसम्म करिब ४० प्रतिशत मत खसेको छ। जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले पोखराक्लिकलाई जनाएको छ। https://www.youtube.com/watch?v=-9xZ-XsRPRI प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको थियो। त्यसपछि मतदाताको सहभागिता बढ्दै जाँदा १ः३० बजेसम्म करिब ४० प्रतिशत मत खसेको हो। हालको सहभागितालाई आधार मान्दै कास्कीमा कुल ६० देखि ६५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको उहाँले बताउनुभयो।… पुरा पढौ

कास्की कारागारमा शतप्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन जारी

दीननाथ बराल,पोखरा, २१ फागुन, कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ। अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो। कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन्। तीमध्ये दुई जना महिला कैदीबन्दी रहेको उहाँले पोखराक्लिकलाई बताए । साथै, ३ जना… पुरा पढौ

कास्कीमा निर्वाचनको अन्तिम तयारी पूरा, २ अस्थायी मतदान स्थल सहित १ सय ५३ मतदान स्थलमा मतदानको तयारी पूरा(भिडियो सहित)

दीननाथ बराल, पोखरा २०, फागुन भोलि (विहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको कास्कीमा अन्तिम तयारी पूरा भएको छ । कास्कीका २ वटा अस्थायी मतदान स्थल सहित १ सय ५३ वटा मतदान स्थलको आवश्यक तयारी पूरा भएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । https://www.youtube.com/watch?v=Ujx8mshLSK4 हालसम्म कास्कीमा सबै तिर शान्तिपूर्ण रुपमा मतदान स्थलमा मतदान केन्द्रको समेत आन्तरिक व्यबस्थापन गरिएको उहाँले जनाउनु भयो । विहिबार बिहान ७ः०० बजेदेखि बेलुका ५ बजेसम्म मतदान स्थलमा प्रबेश गरेका मतदाताहरुले मत दिन पाउने भएको… पुरा पढौ

कास्कीको रुपामा ८ काटुुन मदिरा नियन्त्रणमा

दीननाथ बराल,पोखरा, २०, फागुन, कास्कीको रुपा गाँउपालिकामा ८ काटुन मदिरा नियन्त्रणमा लिएको छ । पोखरा मालेपाटनको कालिका गण हेडक्वाटरले पोखरादेखि रुपा जार्दै गरेको ग३च ६४३२ नम्वरको जिपबाट पसलमा बिक्रीको लागि झार्दै गरेको अवस्थामा ८ काटुन कर्णाली स्याउ नामको मदिरा (करिब ७ हजार) बराबरको मदिरा नियन्त्रणमा लिएको कालिका गणले जनाएको छ । निर्वाचनको लागी रुपा गाँउपालिकामा खटिएको सशस्त्र प्रहरी नायव निरिक्षक (सप्रनानि ) बसन्त बहादुर बुढाथोकीको टोलीले उक्त मदिरा नियन्त्रणमा लिई निर्वाचन सुरक्षाको लागि रामकोट मावि रूपा गाउँपालिका ७ मा खटिएको… पुरा पढौ