प्रमुख समाचार

पोखरामा यूरो–६ मापदण्डका यात्रु बाहक बस भित्रिए, ‘स्वीफ्ट होलिडेज’ बाट पोखरा–काठमाडौं रुटमा सञ्चालन हुँदै(भिडियो सहित)

दीननाथ बराल, पोखरा, १२ फागुन पर्यटनको राजधानी पोखरामा यूरो–६ मापदण्डका अत्याधुनिक लक्जरी बस भित्रिएका छन् । गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनका लागि बातास कमर्सियल भेईकल्स प्रालि को अधिकृत विक्रेता अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बी–६ लक्जरी बस गण्डकी प्रदेशमा भित्राएको हो । https://www.youtube.com/watch?v=vELuhonZ-8s उक्त ६ वटा बस स्वीफ्ट होलिडेज प्रालि ले खरिद गरिसकेको छ भने उक्त बसहरू चाँडै पोखरा–काठमाडौं रुटमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वीफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपाललाई… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी देवेन्द्र केसीद्वारा भूमेश्वर विद्यालयमा सहयोग, क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता

दीननाथ बराल,पोखरा, १२ फागुन, पोखराका युवा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता देवेन्द्र केसीले कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान बांसखर्क स्थित भूमेश्वर आधारभूत बिद्यालयमा विभिन्न सामग्री सहयोग गर्दै क्यान्टिन र ल्याब स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालय को ६५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा मंगलबार सम्बोधन गर्दै विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएको एवं कुटी रिसोर्टका सञ्चालक केसीले कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयमा आवश्यक पर्ने क्यान्टिन र ल्याव स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आफूले अध्ययन… पुरा पढौ

उपचारका लागि सहयोग रोक्न फुटवलर साम्बाको आग्रह, २४ घण्टामै एक करोड भन्दा बढी सहयोग संकलन,

दीननाथ बरालपोखरा १२, फागुन चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेकी नेपाली राष्ट्रिय महिला टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा)  को उपचारका लागि अभूतपूर्व आर्थिक तथा नैतिक सहयोग प्राप्त भएको बताएकी छन् । उनले पछिल्लो २४ घण्टामै प्राप्त साथ, विश्वास र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरिन् । उनले सामाजिक सञ्जाल मार्फत भावुक सन्देश जारी गर्दै उपचारका लागि आवश्यक रकम पर्याप्त संकलन भइसकेको जानकारी दिएकी हुन् । उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा… पुरा पढौ

नेपाली महिला फुटबलकी चर्चित खेलाडी सावित्रा भण्डारी उपचार खर्च अभावमा समस्यामा, सहयोगको याचना

पोखरा, नेपाली महिला फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) गम्भीर घुँडाको चोटका कारण उपचार खर्च जुटाउन कठिनाइमा परेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आम समर्थक माझ सहयोगको अपिल गरेकी हुन्। भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा राखिएको ग्राफ्ट तथा एमसिएल दुबैमा गम्भीर समस्या देखिएको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन्। उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च… पुरा पढौ

फेवातालको माथिल्लो भाग श्रोत केन्द्रबाट जलकुम्भी झार हटाउने अभियान सुरु,

दीननाथ बराल, पोखरा, ११ फागुन, पोखरा फेवातालको सिरान भाग तथा श्रोतकेन्द्रमा जलकुम्भी झार हटाउने अभियान सुरु भएको छ । बर्खायाममा ताललाई कुरूप बनाउँदै तीव्र रूपमा फैलिने जलकुम्भीलाई मुहानमै पुगेर नियन्त्रण गर्ने उद्देश्यसहित फागुन ४ गतेदेखि अभियान थालिएको नागरिक समाज कास्कीका अगुवा बृहत सफाई पोखराका अभियान्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताउनु भयो । डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँ आर्थिक सहयोग, जलारी समुदायको समन्वय तथा नागरिक समाजको सहकार्यमा अभियान अघि बढाइएको उहाँले जनाउनु भयो । पौडेलका अनुसार बर्खायाममा जलकुम्भी अत्यधिक मौलाएर… पुरा पढौ

पोखरा रंगशालामा निःशुल्क तातो र चिसोपानी उपलब्ध

पोखरा, ११ फागुन, पोखरा रंगशालामा निःशुल्क रुपमा तातो र चिसोपानी उपलब्ध भएको छ । पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) उपलब्ध गराए पछि रंगशालामा निःशुल्क रुपमा तातो र चिसोपानी उपलब्ध भएको हो । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी… पुरा पढौ

चुनाव लक्षित लगातार ३ दिने सार्वजनिक बिदाले एक साता बिदा हुने

काठमाडौं, नेपाल सरकारले चुनावलाई लक्षित गर्दै लगातार तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो। सरकारको उक्त निर्णयसँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होलि) का कारण बिदा, त्यसपछि २०, २१ र २२ गते चुनावको बिदा, २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको बिदा परेकाले लगातार सात दिनसम्म बिदा हुने भएको छ। यसरी होलि, निर्वाचन, शनिबार र नारी दिवसको संयोगले करिब एक… पुरा पढौ

पोखराबाट गएको बस धादिङमा दुर्घटनाः १७ जनाको मृत्यु, २७ घाइते, काठमाण्डौंको ट्रमा सेन्टर, नेश्नल हस्पिटल लगायतका अस्पतालमा उपचार हुदै

पोखरा देखि काठमाण्डौं जार्दै गरेको यात्रुबाहक बस आज बिहान धादिङ, ५ भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। आज विहान करिब १ः१५ बजे (राति) ग १ ख १४२१ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल त्रिशुलीको नदी किनारमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको धार्दिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । दुर्घटनामा ६ महिला र ११ पुरुषको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए पनि उहाँहरुलाई अस्पताल पठाइएको छ । मृतकमध्ये एक… पुरा पढौ

कास्कीमा ४ हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी खटिदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा १०, फागुन, देशमा हाल चुनावी माहोल निकै तातिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन बाँकी छदा कास्की निर्वाचनको अन्तिम तयारी तिव्र पारिएको छ । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सौहादपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तिव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । दुई दिन अघि उहाँसंग गरिएको कुराकानीको केही अंश जस्ताको तस्तै । https://www.youtube.com/watch?v=0UisSpa0E8o कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३… पुरा पढौ

खेलकुदको विकासमा सहकार्य गर्ने सहारा यूके,हङकङ,अष्ट्रेलिया, तमु धि यूके सहितका संस्थाका पदाधिकारीको भनाई (भिडियो सहित)

पोखरा, प्रतिष्ठित क्लवहरु सहारा यूके÷सहारा हङकङ÷सहारा अष्ट्रेलिया, तमु धि यूके सहितका संघ संस्थाका पदाधिकारीहरुले पोखराको खेलकुदको विकासमा सहकार्य गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मञ्चले आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न आवश्यक सहयोग गर्ने वचन समेत दिनु भएको हो । https://www.youtube.com/watch?v=JZ1KDBv5egE “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित मञ्च गण्डकीले हरेक बर्ष वैशाख तेश्रो साता आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्ड मार्फत… पुरा पढौ