प्रमुख समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २३ चैत, राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ । मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका… पुरा पढौ

फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा, २२ चैत, यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए । महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने… पुरा पढौ

फेवाताल संरक्षण अभियान सुरुः ६५ मिटरभित्रका अवैध संरचना हटाउँदै पोखरा महानगर, स्थानीयको विरोध

दीननाथ बराल,पोखरा २१, चैत, पोखराको फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले ताल किनारका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा डोजर प्रयोग गरी पहिलो चरणमा ३२ वटा टहरा तथा अस्थायी संरचना भत्काइएको महानगरले जनाएको छ । फेवातालको सिमाङ्कन कार्य सम्पन्न भइसकेको अवस्थामा अदालतको आदेशअनुसार ६५ मिटर क्षेत्रभित्रका सबै संरचना हटाउनु बाध्यात्मक भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, “हामी अदालतको निर्देशन कार्यान्वयन गरिरहेका छौं ।… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा, फारम भर्दै धावकहरु

पोखरा, चैत्र २१, नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै… पुरा पढौ

रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ५० युनिट रगत संकलन

पोखरा, चैत २१, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २४ औँ बृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको छ । रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा “रक्तदान म पनि गर्छु” भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरि १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् । रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलय कास्कीका… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डमा आईएमई खल्तीको साथ, पिपुल्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ सहकार्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ । शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम… पुरा पढौ

चैत २९ देखि पोखरा सुरु हुने फेवा महोत्सवको तयारी तिव्र (भिडियो सहित) पन्चेबाजा, पर्यटक दौड, रात्रिकालिन दौड मुख्य आकर्षण

पोखरा, १९ चैत, नेपाली नयाँ बर्ष २०८३ को अवसरमा यस बर्ष पनि यही चैत २९ गतेदेखि संचालन हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ३ दिने उत्तः महोत्सवमा तीन लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य सहित तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखरा नेपालले आज(विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=ls52Mdb0RDY वैशाख १ गतेसम्म संघले लेकसाइडको सडकमा यो महोत्सव आयोजना गर्दै छ । महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म… पुरा पढौ

अवैध ढुङ्गा ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

पोखरा, कास्की प्रहरीले अवैध रूपमा चोरी निकासी भइरहेको कटपिस ढुङ्गासहित दुई वटा बोलेरो जिप नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१९ चितेपानीस्थित सडक खण्डबाट ती सवारी साधन पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार चितेपानी क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरिएको थियो। सोही क्रममा पोखरातर्फ आउँदै गरेका ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका बोलेरो जिपलाई रोकेर जाँच गर्दा दुवै सवारीमा कटपिस ढुङ्गा लोड… पुरा पढौ

मादी गाउँपालिकाको पर्यटन प्रवर्द्धनबारे फोटो पत्रकारको अन्तरक्रिया

पोखरा, १८ चैत, नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको… पुरा पढौ

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरा १८, चैत, पोखरामा पहिलोपटक यही चैत २८ गते शनिबार पोखरामा आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइला महतगौडामा रहेको उक्त पार्क र प्रतियोगिता आयोजकबीच आज (बुधबार) सहकार्यबारे सम्झौता भएको हो । प्रतियोगिता संयोजक दीननाथ बराल र पार्कका जनरल म्यानेजर अंकित कुमार सिंहबीच भएको सम्झौताअनुसार प्रतियोगितामा सहभागी उत्कृष्ट २० जना धावकलाई जनही १ हजार रुपैयाँ मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइनेछ । साथै अन्य सहभागी धावकहरूलाई पार्क… पुरा पढौ