प्रमुख समाचार

पोखरामा २१ औं फेवा नव बर्ष महोत्सव सुरु (भिडियो सहित), तीन दिन लेकसाइडमा पन्चेबाजा घन्किने

पोखरा, २९ चैत, सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत… पुरा पढौ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागीखुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा, २९ चैत, पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी… पुरा पढौ

फेवा महोत्सव आजदेखि सुरु

पोखरा, २९ चैत, २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आजदेखि सुरु हुदै छ । आगामी वैशाख १ गतेसम्म चल्ने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौड प्रतियोगितामा ३ देशका १०० बढी धावक सहभागी हुँदै

पोखरा, २७ चैत, पर्यटनको राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर… पुरा पढौ

पोखरामा आलु महोत्सव सुरु, प्रतिकेजी ३५ मा आलुको कारोवार

पोखरा, २७ चैत, राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ । महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डीङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो कितावमा समेटिएको स्पष्ट पनि… पुरा पढौ

पोखरामा आयोजना हुँदै मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ मा मोर्बिडेलीको प्रतिस्पर्धात्मक डेब्यु

पोखरा, नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक हप्ता नबित्दै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ले ‘मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६’ सहभागिता जनाउँदै आफ्नो प्रतिस्पर्धात्मक यात्रा सुरु गरेको छ । प्रतियोगिता पोखरामा शुक्रबार सुरु भएको छ भने शनिबारसम्म चल्नेछ । उच्चस्तरीय अफ–रोड प्रतिस्पर्धामा मोर्बिडेलीको प्रतिनिधित्व गर्दै अनुभवी राइडर सन्तोष श्रेष्ठ र विशाल तामाङले शक्तिशाली ‘मोर्बिडेली टि३५२एक्स’ मार्फत प्रतिस्पर्धा गर्दैछन् । उनीहरूको सहभागिताले नेपालमा बढ्दो मोटरस्पोट्र्स संस्कृतिप्रति ब्रान्डको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ । मोटो एन्डुरो क्रस च्याम्पियनसिप देशकै एक चुनौतीपूर्ण अफ–रोड प्रतिस्पर्धा… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाइमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, यातायात र खानेपानीसँग सम्बन्धित समस्या प्रमुख रूपमा उठे

कास्की, अन्नपूर्ण गाउँपालिका, कास्कीले आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक प्रगति समीक्षा गर्दै शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नं। ७, तोल्कास्थित हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो। वडा नं। ७ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता भरतमान गुरुङले उपस्थित सम्पूर्णलाई स्वागतसहित सार्वजनिक सुनुवाइले स्थानीय सहभागिता सुदृढ गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। गम्भीर, प्रश्नमुखी र उत्तरदायी वातावरणमा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच खुला संवाद भएको थियो। प्रमुख… पुरा पढौ

पोखरा रात्रि सडक दौड प्रतियोगितालाई सफल पार्न प्रशासनले आवश्यक सुरक्षाको प्रबन्ध सहित समन्वय गर्ने

पोखरा, २६ चैत, कास्की प्रशासनले पोखरामा पहिलोपटक आयोजना हुन लागेको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगितालाई सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध र समन्वयलाई प्राथमिकता दिने जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको विहिबार पोखरामा आयोजित छलफल कार्यक्रममा स्पष्ट पार्नुभएको हो । लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्टमा आयोजित सुरक्षा निकायको छलफलम बोल्दै बरालले निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभयो।… पुरा पढौ

पोखरामा खुकुरी प्रहारबाट ४२ वर्षीया महिलाको हत्या

कास्की, पोखराको सभागृहचोकमा खुकुरी प्रहारबाट ४२ वर्षीया महिलाको हत्या भएको छ । पोखरा–५ मालेपाटन निवासी सिर्जना पौडेल केसीको बुधबार साँझ करिब ७ बजे घर फर्किंदै गर्दा हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी केसी सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गर्दा शिवालयचोकतर्फ जाने गल्लीको मोडमा पुगेपछि अज्ञात व्यक्तिले टाउकोमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जीएमसी) पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मालेपाटनमा स्थायी घर भए… पुरा पढौ

विभागीय सहित ७ वटै प्रदेशका खेलाडी पोखरामा, चैत २८ देखि ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुदै

पोखरा, कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपका सम्पूर्ण तयारी पूरा भएको छ । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलन मार्फत संघले प्रतियोगिता सञ्चालनका सबै व्यवस्थापन सम्पन्न भइसकेको जानकारी दिएको हो। नेपाल एथलेटिक्स संघको समन्वयमा यही चैत्र २८ देखि ३० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा विभागीय टोलीसहित सातै प्रदेशका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहनेछ। कुल ४६६ खेलाडी सहभागी हुने यस प्रतियोगितामा तपाईंले देशभरका उत्कृष्ट एथलेटिक्स प्रतिभाहरूलाई एकै थलोमा प्रतिस्पर्धा गर्दै देख्न सक्नुहुनेछ। प्रतियोगिताका… पुरा पढौ