प्रमुख समाचार

भारतका विभिन्न ब्राण्डका कुर्था सुरुवाल पोखरा ट्रेड मलको दोश्रो तलामा रहेको बीपी एथेनिक वेयरले बिक्रि वितरण गर्दै

पोखरा, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा रहेको बीपी एथेनिक वेयरको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरीएको छ । कल्पु कलेक्सन चितवनकी संचालक ‎कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर उक्त पसलको शुभारम्भ गर्नु भएको हो । https://www.youtube.com/watch?v=mgbH4MJKV2g&t=25s कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने दाबी गर्नुभयो । भारतका ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि बीपी एथेनिक… पुरा पढौ

तेस्रो पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न, रानीवनमा व्यवस्थित पैदलमार्ग निर्माण हुने (भिडियो सहित)

पोखरा ६, भदौं, तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर समापन भएको थियो । https://www.youtube.com/watch?v=-uJ47NrIpk4&t=13s कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा… पुरा पढौ

दिगो पर्यटन विकासमा होटल संघको अग्रसरता

पोखरा, ५ भदौ, होटल संघ पोखरा नेपालको आयोजना तथा स्वीस कन्ट्याक्ट र युनाईटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ । डेभलपिङ इन्क्लिुसिभ एण्ड ग्रिन अपरच्युनिटी ९डिगो० हस्पिटालिटी एक्स्चेञ्ज २०२६ नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो । दिगो पर्यटन विकासका लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र उर्जाको… पुरा पढौ

चेतक सी ३५०३ र सी २५०१ पोखरामा सार्वजनिक (भिडियो सहित), बजाजले विस्तार गर्यो विद्युतीय स्कुटरको दायरा

दीननाथ बराल,पोखरा ५ भदौं, बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्दै चेतकका दुई नयाँ विद्युतीय स्कुटर सी ३५०३ र सी२५०१ पोखरामा सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा नयाँ मोडलहरू पोखराको नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रालिमा शुक्रबार आयोजित समारोहबीच सार्वजनिक गरेको हो । https://www.youtube.com/watch?v=a4yBWGU2aTM&t=104s कार्यक्रममा इच्छाशक्ति अटोमोबाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्य, प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्य, सञ्चालक गङ्गा बुद्धाचार्य, सुभेच्छा गुभाजु र अभिप्शा बुद्धाचार्यले संयुक्त रूपमा नयाँ चेतक स्कुटरको अनावरण गर्नुभयो… पुरा पढौ

पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

दीननाथ बराल,पोखरा, ५ भदौ, पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो। पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको… पुरा पढौ

तीजको अवसरमा पोखरा ट्रेड मलमा खुल्यो बीपी एथेनिक वेयर, उद्घाटनको अवसरमा २५ प्रतिशत छुट

पोखरा ५, भदौं, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा बीपी एथेनिक वेयर संचालनमा आएको छ । उक्त पसल उद्घाटनको अवसरमा २५ प्रतिशत छुट हुने भएको संचालक विपासा पुरीले बताउनु भयो । आकर्षक, आधुनिक र गुणस्तरीय एथेनिक पोसाकको नयाँ गन्तव्य बनाउने उद्धेश्यले हाल उक्त पसल संचालनमा ल्याएको उहाँले बताउनु भयो । पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको दोस्रो तल्लामा बीपी एथेनिक वेयर सञ्चालनमा आएको हो। उक्त पसलको यही भदौं ७ गते औपचारिक उद्घाटन… पुरा पढौ

हरेक महिनाको पहिलो शनिबार पोखरामा ‘फनराइड’, साइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने तयारी, पोखरादेखि ढोरवराही मन्दिरसम्मको यात्रा हुने

पोखरा, साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसँगै पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिनाको पहिलो शनिबार नियमित ‘फनराइड’ आयोजना गर्ने क्रममा यसपाली भने पोखरादेसखि तनहुँको ढोरवाराही मन्दिरसम्म गर्ने भएको छ । साइकल सिटी पोखराको आयोजनामा हुने फनराइडमा पोखराबाट करिब ७० जना तथा शुक्लागण्डकी साइक्लिङ क्लबबाट करिब ५० जना साइकलप्रेमीको सहभागिता हुने भएको छ। नियमित साइकल यात्रामार्फत स्वस्थ जीवनशैली, वातावरणमैत्री यातायात र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिन लागिएको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण… पुरा पढौ

पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

दीननाथ बराल पोखरा, भदौ ४ पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो । https://www.youtube.com/watch?v=2wA1o3bnGYU तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने

पोखरा ४, भदौं, तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को तयारीस्वरूप आउदो शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा करिब ७ किलोमिटरको हाईकिङ हुन लागेको आयोजकले जनाएको छ । पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट शनिबार बिहान ७ः३० बजे सुरु हुने हाईकिङ रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म पुगेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुग्नेछ । पदयात्रामा पर्यटनकर्मी, संचारकर्मी, स्थानीयवासीकोे सहभागिता… पुरा पढौ

राइट टु प्रोटिन रनको पाँचौं संस्करण असोज ३ गते पोखरामा हुने करिब ४ हजार धावक सहभागी हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ४ भदौ, प्रोटिनयुक्त आहार, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन–२०२६’ को पाँचौं संस्करण आगामी असोज ३ गते पोखरामा हुने भएको छ । प्रतियोगितामा करीब ४ हजार भन्दा बढी धावक सहभागिता गराउने लक्ष्य राखिएको आयोजक नेपाल दाना उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो । https://www.youtube.com/watch?v=kLyUL-MSOiA&t=122s प्रतियोगिता पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने भएको छ भने हाप म्याराथन सहित विभिन्न ८ वटा विधामा… पुरा पढौ