प्रमुख समाचार

१० औं पोखरा स्पोर्टस अवार्डको सह प्रायोजकमा केल्मी नेपाल

पोखरा, रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएकोछ । स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरास्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे । सो अवसरमा वोल्दै केल्मी नेपालका प्रवन्धनिर्देशक… पुरा पढौ

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि १६ इभेन्टमा ९० खेलाडी भिड्दै

पोखरा, पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको… पुरा पढौ

सोसल पब्लिक स्कुलका विद्यार्थीद्वारा ‘आमाको महत्व’ उजागर गर्दै ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन (दर्शकको भनाई सहितको भिडियो)

पोखरा, पोखरा महानगरपालिका–गैह्रापाटनस्थित पोखरा थिएटर को गन्धर्व नाटकघर यतिबेला गम्भीर सामाजिक सन्देश बोकेको नाट्य प्रस्तुतिले दर्शक तानिरहेको छ । सोसल पब्लिक स्कुलका विद्यार्थीहरूले सुप्रसिद्ध नाटककार विजय मल्ल को कालजयी कृति ‘कोही किन बर्बाद होस्’ मञ्चन गर्दै आमाबाबुको महत्व, बाल मनोविज्ञान र शिक्षण पद्धतिमाथि गहिरो प्रश्न उठाएका छन्। https://www.youtube.com/watch?v=nwC2SpdK06s विद्यालयस्तरका कलाकारहरूले प्रस्तुत गरेको नाटकले विशेषगरी आमाको माया, अभिभावकीय भूमिका र बालबालिकाको भावनात्मक अवस्थालाई केन्द्रमा राख्दै समाजलाई संवेदनशील सन्देश दिएको छ। नाटकमा देखाइएको कडा अनुशासन, बेवास्ता र गलत व्यवहारले बालबालिकाको मनोविज्ञानमा पार्ने… पुरा पढौ

राइड सेयरिङ सहित ८० प्रतिशत प्रगति भएको दाबी

पोखरा, ३ वैशाख, गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीबाट बुधबारबाट समाप्त भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको मन्त्री मण्डलका सबै मन्त्री परिवर्तन गर्दै बुधबार सपथ गराए । निवर्तमान मन्त्री केसीको कार्यकालका मुख्य उपलब्धिमा राइड सेयरिङ सेवाको प्रक्रिया सुरु र मन्त्रालयको प्रगति ८० प्रतिशत भएको उनले दाबी गरे । २०८१ भदौ १७ गते मन्त्री नियुक्त भएका केसीले मन्त्रालयका योजना कार्यान्वयनमा विभिन्न पहल गरेका थिए । मन्त्रालयका कार्यचारी, निर्देशकहरुलाई निर्देशक, योजनाहरु अनुगमनदेखि समस्या भएका… पुरा पढौ

पोखरामा अफलाइन पठाओ तथा इनड्राइभ चलाउँदै यात्रुसँग बढी भाडा असुल्ने १३ जना पक्राउ

पोखरा ३, वैशाख, अफलाइन रूपमा पठाओ तथा इनड्राइभ सञ्चालन गर्दै यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने तथा अनावश्यक दुःख हैरानी दिने १३ जना मोटरसाइकल तथा स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले एपमा आवद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुसँग बढी भाडा लिने र ठगी गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको जिल्ला प्रहरी… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ

पोखरा, १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ । पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको… पुरा पढौ

झरीमा पनि दर्शकको साथ पायो आलु महोत्सवले, महोत्सवमा ३० लाख बढीको आलु कारोवार

पोखरा, ३ बैशाख, १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ । त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत… पुरा पढौ

पोखरामा रोटरीको १८ औं डिष्ट्रिक्ट कन्फरेन्स हुने, १५ सय रोटरीयन पोाखरामा भेला हुदै

पोखरा, ३ वैशाख, पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । पोखराकै इतिहासमा रोटरीको यो तेस्रो सम्मेलन हो । बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म संचालन हुने सम्मेलनले पोखरेलीहरु उत्साहित छन् । नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं वाह्य पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिहीबार पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक… पुरा पढौ

फेवाताल किनार क्षेत्रमा पदयात्रा, योग र हाइकिङ जस्ता गतिविधि गर्दै मनाईयो अन्तर्राष्ट्रिय आरोग्य दिवस

पोखरा, पोखरामा “अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६” विविध कार्यक्रम सहित मनाइएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा, पोखरा पर्यटन परिषद्को समन्वय तथा टान गण्डकी प्रदेशको सह–आयोजनामा स्वास्थ्य, पर्यटन र वातावरणलाई जोड्ने उद्देश्यले पदयात्रा, सरसफाइ तथा सामूहिक ध्यान–योग कार्यक्रम सम्पन्न गरिएको हो। नयाँ वर्ष २०८३ को सुरुवातसँगै मनाइएको दिवसमा “आरोग्य जीवनको आधारः पदयात्रा, प्रकृति र सकारात्मक विचार” भन्ने नाराका साथ ड्यामसाइडबाट सुरु भएको पदयात्रा भ्यू फेवा राउण्ड फेवा पदमार्ग हुँदै अनदुसम्म पुगेको थियो। पदयात्राका क्रममा सहभागीहरूले ट्रेल क्लिनिङ गर्दै… पुरा पढौ

तमु प्ये ल्हु संघ हङकङको क्होलासोंथर भ्रमणः पुर्ख्यौली थलो संरक्षण गर्न आग्रह (भिडियो सहित)

पोखरा, आफ्नो पहिचान, इतिहास र संस्कृतिसँग जोड्ने उद्देश्यका साथ तमु प्ये ल्हु संघ हङकङ ले क्होलासोंथर केन्द्रित विशेष अवलोकन भ्रमण सम्पन्न गरेको छ। तमु (गुरुङ) समुदायको आदिम थलो मानिने क्होलासोंथरसहित विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलको अध्ययन गर्दै संघले संरक्षण र प्रवर्द्धनको सन्देश दिएको हो। https://www.youtube.com/watch?v=GBVFBxLAwis पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष मनबहादुरकोम्छैं तमु ले सम्बोधन गर्दै यो भ्रमण केवल यात्रा नभई आफ्नो पुर्ख्यौली इतिहाससँग पुनःसम्पर्कको अभियान भएको बताए। उनका अनुसार नयाँ पुस्तालाई आफ्नै सभ्यता र संस्कारसँग जोड्न यस्ता भ्रमण… पुरा पढौ