जिवनशैली पत्रिका

पोखराको अन्तर्राष्ट्रिय झण्डा पार्कमा नयाँ वर्षमा फेरियो झण्डा (भिडियो सहित)

दीननाथ बराल, पोखरा १, वैशाख, पर्यटकीय नगरी पोखराको महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा पुनः झण्डा फेरिएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पार्कमा रहेका झण्डाहरू परिवर्तन गरिएको हो । यसअघि संविधान दिवस (असोज ३) को अवसरमा पनि झण्डा फेरिएको थियो । यसरी हेर्दा पोखरामा करिब ६ महिनाको अन्तरालमा पुनः झण्डा परिवर्तन गरिएको देखिन्छ । https://www.youtube.com/watch?v=EU86cly2TAQ उक्त झण्डा पार्क २०८० फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर उद्घाटन गरिएको थियो । उद्घाटन भएको करिब २ वर्ष १ महिना २४… पुरा पढौ

विश्व शान्ति स्तुपाः नजिक विश्वकर्मा संग्रहालय सञ्चालनमा

पोखरा, पोखराको विश्व शान्ति स्तूप क्षेत्रमा नयाँ पर्यटन आकर्षणका रूपमा “विश्वकर्मा संग्रहालय” सञ्चालनमा आएको छ। नेपाली समाजमा विश्वकर्मा समुदायको इतिहास, सीप, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संग्रहालय आज (मंगलबार) देखि औपचारिक रूपमा खुला गरिएको हो। विशाल महादेवको मूर्ति र विश्व शान्ति स्तूप बीचमा अवस्थित यो संग्रहालयमा विश्वकर्मा समुदायद्वारा निर्माण गरिएका हातहतियार, कृषि औजार, धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला लगायतका महत्वपूर्ण सामग्रीहरू प्रदर्शन गरिएका छन्। साथै कला, वास्तुकला र ऐतिहासिक तथा सांस्कृतिक सम्पदासम्बन्धी लेख–रचनाहरू पनि समावेश… पुरा पढौ

महोत्सवमा आलु किन्नेको भिड

पोखरा, १ वैशाख, पोखरा २५ हेमजामा जारी १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । आज (मंगलबार) सम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ । हेमजाको निलो आलु बढी… पुरा पढौ

सराङकोटमा आयोजित भेगन फेस्टुमा पर्यटकको घुइँचो

पोखरा, १ वैशाख, नयाँ वर्ष २०८३ को अवसरमा पोखराको पर्यटकीय गन्तव्यस्थल सराङकोटमा पहिलो पटक भेगन फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र अन्नपूर्ण केबलकारको सहकार्यमा आयोजना गरिएको सो फेस्टमा एनटीएचएमसीले भेगन खानाको स्टल राखेको थियो । फेस्टमा सराङकोट माउनटेन लज, हिमालयन हाइड वे, अन्नपूर्ण भ्यु सराङकोट, होटल मिस्टिक माउनटेन लगायतका प्रख्यात होटलहरुका खानाका स्टलहरु राखिएको थियो । पर्यटकको उल्लेख्य सहभागिता फेस्टमा आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै उत्साहजनक उपस्थिति रहेको थियो । विशेषगरी धार्मिक… पुरा पढौ

पोखरा–२२ पुम्दीभुम्दीमा यात्रुवाहक बसमा एक्कासी आगलागी, ४० यात्रु सुरक्षित

पोखरा, १ वैशाख, पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दी स्थित ठूलीबिडी क्षेत्रमा आज (मंगलबार) साँझ यात्रुवाहक बसमा एक्कासी आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की का सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार बागलुङ बसपार्कबाट स्याङ्जाको वालिङ वयरघारी तर्फ जाँदै गरेको ग १ ख ९५६२ नम्बरको बसमा वायरिङ सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। बस पुम्दीभुम्दी पुगेपछि अचानक आगो लागेपछि चालक र सहचालकले तत्काल सवारी साधन रोकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। बसमा सवार करिब ४० जना यात्रु… पुरा पढौ

नयाँ वर्षमा ‘पोखरा रमाइलो माया’ गीत सार्वजनिक

पोखरा, नयाँ वर्षको अवसर पारेर ‘पोखरा रमाइलो माया’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। पोखराका कलाकार प्रकाश बरालको शब्द तथा सङ्गीत रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। प्रकाश बरालकै स्वरमा रहेको गीतमा लक्ष्मी बराल, दिपक बास्तोला र साबित्रा ढुङानाले पनि स्वर दिएका छन्। गीतको एरेन्ज यम बहादुर थापाले गरेका हुन् भने रेकर्डिङ पोखरास्थित बासुरी डिजिटल स्टुडियोमा गरिएको छ। गीतको भिडियो गणेश साप्कोटाले छायांकन गरेका छन्। निर्देशन तथा नृत्य निर्देशन मुकेश नेपालीले सम्हालेका छन् भने भिडियो सम्पादन नवीन घर्ती मगरले… पुरा पढौ

सहारा बिद्यालयमा नेस्टद्वारा अभिभावकलाई निःशुल्क जीविकोपार्जन तालिम

पोखरा, पोखरा ९, वसपार्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नव बर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान तथा अभिभावक बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । सोहि अवसरमा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १०० भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम समेत प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले नेष्ट नेपालको परिचय दिदै यस संस्थाले विशेष गरि विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको… पुरा पढौ

नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश‘राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो’

पोखरा, १ वैशाख गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गर्नुभएको छ । नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताउनुभयो । ‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो… पुरा पढौ

संचारिका समुह गण्डकीको अध्यक्षमा राधिका कंडेल चयन

पोखरा, सञ्चारिक समूह गण्डकीको अध्यक्षमा फोटो पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा आज (सोमबार) भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयत गरेको समुहले जनाएको छ । समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भए भने त्यसै गरी समुहको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ… पुरा पढौ

आलु महोत्सवमा दर्शक आकर्षित गर्न लन्डन ब्रिज

हेमजा,चैत्र ३० राष्ट्रिय हेमजा आलु महोत्सव स्थलमा यस वर्ष दर्शकहरूलाई थप आकर्षित गर्ने उद्देश्यले लन्डन ब्रिजको झल्को दिने आकर्षक आकृति निर्माण गरिएको छ। यो संरचना महोत्सवको मुख्य आकर्षणको केन्द्रका रूपमा स्थापित भएको देखिन्छ। उक्त आकृतिले महोत्सवमा आउने दर्शकहरूको विशेष ध्यान खिच्न सफल भएको छ। युवा–युवतीदेखि बालबालिका र वृद्ध वृद्धासम्म सबै उमेर समूहका आगन्तुकहरू त्यहाँ पुगेर फोटो खिचाउन उत्साहित देखिन्छन्। विशेष गरी सेल्फी तथा पारिवारिक फोटो खिचाउनेहरूको भीडले उक्त स्थानलाई अझै जीवन्त बनाएको छ। लन्डन ब्रिज विश्व प्रसिद्ध ऐतिहासिक संरचनाको प्रतीकका… पुरा पढौ