जिवनशैली पत्रिका

कास्की क्रिकेट लिगःसांग्रिला र पोखरा क्रिकेट विजयी

पोखरा, फागुन ३, सांग्रिला क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ७० रनले पराजित गर्दा पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सांग्रिला क्रिकेट क्लबले टस हार्दै व्याटिङको निम्तो पायो । तेस्रो नम्बरका सुदिप पौडेलमा ४५ रनको योगदानमा सांग्रिलाले १६४ रनको योगफल तयार पार्यो । ३७ बल खेल्ने क्रममा ५ चौका र १ छक्का उनको स्कोर कार्डमा लेखियो । ओपनर विराट दुवाडीले २७ बलमा २७ रन बनाउँदै राम्रो शुरुवाती दिलाएका थिए… पुरा पढौ

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका विल्सनलाई, गण्डकी तर्फ प्रथम पर्वतीय दौडका विजेता क्षेत्रीलाई उपाधि

दीननाथ बराल,पोखरा ३, फागुन, १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुयोटले जित्नु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पोखरामा आयोजना गरेको उक्त प्रतियोगितामा उहाँले निर्धारित दुरी २ घण्टा १७ मिनेट २४ सेकेण्डमा उक्त दुरी पार गरी उपाधि जित्नु भएको हो । त्यसै गरी प्रतियोगितामा केन्याकै धावक जुलियस मुरियाली वाहोम २ सेकेण्डले पछि पर्दा यस बर्ष उपविजेता हुनु भयो । १८ औं संस्करणको विजेता जुलियसले ४२ किलोमिटरको निर्धारित दुरी २ घण्टा १७ मिनेट २६ सेकेण्टमा… पुरा पढौ

कास्की आदर्श समाज कतारद्धारा पाँच जना सम्मानीत

पोखरा, २ फागुन, कास्की आदर्श समाज, कतारको आयोजना तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखरामा श्रष्टा सम्मान गरिएको छ । फरक–फरक पाँच विधामा सम्मान गरिएको कार्यक्रमका संयोजक कृष्ण भण्डारीले जानकारी दिए । सम्मानित हुनेमा शिक्षा तर्फ चतुरमान श्रेष्ठ, स्वास्थ्य तर्फ डाक्टर सूर्य देवकोटा, संचार तर्फ राजबहादुर गुरुङ, साहित्य तर्फ छविलाल आचार्य र कला तर्फ माओत्से गुरुङ रहेका छन् । उनिहरुलाई प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले दोसल्ला, सम्मानपत्र र नगद १० हजार सहित सम्मान… पुरा पढौ

सृजना सेकेण्डरी स्कुलमा बृहत शैक्षिक प्रदर्शनी

पोखरा, पोखरा ८ सृजनाचोक शान्तिमार्गमा रहेको सिर्जना सेकेन्डरी स्कुलमा शनिबार एक दिने बृहत शैक्षिक प्रदर्शनी २०८१ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सृजनशील क्रियाशील एवं व्यावहारिक बनाउँदै विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गरी रचनात्मक तथा प्रयोगमुखी सिकाई गराउँदै लैजाने उद्देश्यका साथ उक्त वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्ण घिमिरेले जानकारी दिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले विषयगत रुपमा तयार पारेका परियोजना कार्यका मोडल तथा विविध शैक्षिक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।… पुरा पढौ

उज्विकिस्तानको ब्ल्याक बुल्सले आहा रारा पोखरा गोल्ड कपमा इतिहास रच्यो

दीननाथ बराल,पोखरा ३, फागुन, पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लवले आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको उपाधि चुमेसंगै ब्ल्याक बुल्सले पोखरामा इतिहास रच्न सफल भएको हो । तष्विरः शुर्दशन रञ्जित सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा नेपालको बलियो टिम नेपाल पुलिस क्लव लाई ३—१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्सले उपाधि जित्दै नयाँ इतिहास कोर्न सफ भयो… पुरा पढौ

पोखरा भ्रमण बर्षको उद्घाटनको क्रममा बेलुन फुटेर अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

दीननाथ बराल,पोखरा ३, माघ, पोखरा भ्रमण बर्ष २०२५ को उद्घाटनको क्रममा बेलुन फुटेर आगो सल्किदा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएको छ । रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाज सहित बेलुन पट्कदै मन्त्री तथा मेयरको अनुहारमा आगोको ज्वालाले भेटेको हो । उहाँहरुको हाल पोखराको फिष्टेल हस्पिटलमा उपचार हुदैछ । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा आज केही समय अघि बेलुन फुटेर आगो लाग्दा उहाँहरु घाइते भएसंगै उद्घाटन समारोह केही… पुरा पढौ

शनिबार बिहान ७ः०० बजे पोखरामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने, २१ देशका करिब ८ हजार जना दौडने

पोखरा २, फागुन, खेलकुदको शहर पोखरामा शनिबार बिहान ठिक ७ः०० बजे १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता सुरु हुने भएको छ । ४२ किलोमिटरको म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागि हुने आयोजक नेपाल भूतभुर्व खेलाडी मञ्चले जनाएको छ । उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरु सहभागि हुने भएकात्यसै गरी हाफ म्याराथन महिला तर्फ १० देशका सहित ४० जना जना हाफ म्याराथन पुरुषतर्फ १० विदेशी… पुरा पढौ

पुम्दीकोटमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः फागुन ७ गते देखि महायज्ञ हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, माघ, पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक स्थल पुम्दीकोट क्षेत्रमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः यही फागुन ७ गते देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिना हुने भएको छ । यस अघिका दुई वटा महायज्ञबाट समेत पुम्दीकोट क्षेत्रको बृहत विकासको परियोजना अपूर्ण भएकोले त्यसलाई पुरा गरी पोखराको पर्यटनको बसाई अवधि नै लम्बाउने गरी तेश्रो पटक महायज्ञ हुने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=yCBMXXU4XMQ पुम्दीकोट कोट… पुरा पढौ

लामेआहालको गुरुकुल संस्कृत विद्यालयलाई रानीपौवा महिला समूहको खाद्यान्न सहयोग

पोखरा, सामाजिक कार्यमा क्रियाशिल रानीपौवा महिला समूह (पोखरा ११) ले पोखरा महानगरपालिका ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ । महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठको नेतृत्वमा स्वस्थानी पूर्णिमाको अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा अध्यनरत बटुक ९विद्यार्थी० संत महन्त तथा तिर्थयात्रीहरुका लागि करिब २२ हजार बराबरको खाद्यान्न समाग्री सहयोग गरेको हो । चामल, दाल, चिनी, नुन, तेल लगायतका उक्त सहयोग समाग्री महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठ, सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी,… पुरा पढौ

तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी

पोखरा, २ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ । फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो… पुरा पढौ