जिवनशैली पत्रिका

टाइगर कप भलिबलः गण्डकी प्रदेश पुलिससँग पराजित

पोखरा १३, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९… पुरा पढौ

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपाल माथि भारतको सुनिल भलिबल क्लबको जित

पोखरा १३, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ सेट पराजित गरेको हो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६… पुरा पढौ

टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पोखरा १३, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । आयोजक टोलीको नेतृत्व… पुरा पढौ

पोखरा रंगशालाको फुटवल स्टेडिएममा फ्लट लाइट आवश्यकः मन्त्री गुरुङ

दीननाथ बरालपोखरा १२, माघ नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रंगशालामा निर्माण भएको फुटवल स्टेडिएममा फ्लट लाइट आवश्यक भएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेश्रो अधिवेसन तथा छैटौ साधारण सभाबाट निर्वाचित अध्यक्ष मानबहादुर घर्ती मगर (एमबीआस्था) सहितको टिमलाई सपथ ग्रहण गराउदै मन्त्री गुरुङले पोखरामा देशकै नमुना फुटवल स्टेडिएम निर्माण भए पनि त्यसको रातिको समयमा समेत प्रयोग हुने गरी तत्काल फ्लट लाइटको व्यबस्था गर्नुपर्ने बताउनु भएको हो । दक्षिण एसियाली खेलकुद(साग) नेपालमा… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जयको टिमलाई

पोखरा, माघ १२, सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन अन्तर्गत प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले जितेको छ। कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम पहिलो भएको हो। प्रो सञ्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाले ३९, दीप्सन लामा र मनिष शेरचनलले समान ३६ स्कोर गरे। प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरका साथ दोस्रो भयो। जयरामले ३५ तथा एमेच्योर लिलाजङ्ग गुरूङले ३४, तथा श्याम तामाङ र विश्व गुरूङले समान ३३ स्कोर गरे। प्रो भुवन… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल… पुरा पढौ

टाइगर कप भलिबलः भिजिबिलिटी कम हुँदा स्थगित भयो आर्मी रआयोजक टोलीबिचको खेल

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवनआर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिमखेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदाभिजिबिलिटी कम हुँदा स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमापा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीकाकप्तानसँग छलफल… पुरा पढौ

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारी माथि एपिएफको पुनरागमन जित

पोखरा १२, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो । पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा २५–२१ र दोस्रो सेटमा २५–२० को सहज… पुरा पढौ

१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा,तीन उमेर समूहमा ३९ टिम भिड्दै

पोखरा १२, माघ पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको बताए ।ू स्वास्थ्यको लागि एक घण्टा व्यायाम,… पुरा पढौ

पोखरा चिप्लेढुंगामा खुल्यो ‘ड्याडिज किचन’को चौथो शाखा (भिडियो) सहित

दीननाथ बराल, पोखरा ११, माघ, पोखराको चिप्लेढुंगामा ‘ड्याडिज किचनको चौथो शाखा संचालनमा आएको छ । पोखरामा चौथो शाखाको रुपमा उक्त ड्याडिज किचन शुक्रबार देखि संचालनमा आएको ड्याडिज ग्रुपका अध्यक्ष एवं युवा व्यवसायी कमलजंग कुँवरले जनाउनु भयो । करिब १३ बर्ष अघि बुटवलबाट ठेला, फुड ट्रक, क्याफे हुदै संचालनमा आएको ड्याडिज किचनले हाल वुटवल सहित काठमाण्डौं र पोखरा गरी करिब २२ वटा शाखा संचालनमा ल्याएको उहाँले जनाउनु भयो । https://www.youtube.com/watch?v=oRotQF7DHNA एक समारोहका बिच शुक्रबार चिप्लेढुंगाको ड्याडिज किचनको पोखरा ९ का वडाध्यक्ष… पुरा पढौ