जिवनशैली पत्रिका

टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे

पोखरा १०, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए ।आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन ः मुख्यमन्त्री

पोखरा, १० माघ, पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।समुद्घाटन मन्तव्य व्यक्त गर्दै… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा

पोखरा, माघ ९: सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतकोचौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननिरज तामाङ दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेकाछन। पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमाररोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन। २-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेकाछन। धन बहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमारहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूलेआज इभन-पार ६९… पुरा पढौ

लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा हुने

पोखरा, ९ माघ, लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा… पुरा पढौ

पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव हुने

पोखरा ९, माघ, पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलि (विहिबार) देखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । मेलामा हामी… पुरा पढौ

पुम्दिकोटमा धार्मिक महोत्सव हुने तयारी

पोखरा ८, माघ, पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव आगामी फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी… पुरा पढौ

पहिलोपटक टाइगर कपमा आयोजक टोली, ३ विदेशी सम्मेलित टोली कस्तो ?

पोखरा ८, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी बनाउँदैछ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोलीले सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । अरुणा नेपाली भबिलककै सर्वाधिक सफल कप्तान हुन् । एक दशकदेखि राष्ट्रिय टोलीमा रहेकी अरुणाले सन् २०१९ देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन… पुरा पढौ

१३ औं पोखरा महोत्सव सम्पन्न,विद्यालय स्तरीय सामुहिक लोकनृत्यको उपाधी बेसलाइनलाई

पोखरा ७, माघ, गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी वढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको… पुरा पढौ

एनसेल पाँचौँ टाइगर कप भलिबलः विभागीय बाहेकका टोलीमा विदेशी खेलाडी, अनलाइनबाट टिकट काट्ने व्यवस्था

पोखरा ७, माघ, एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशी सहित ६–६ टोलीले भाग लिनेछन् । यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल… पुरा पढौ

पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सवमा फुटबलमा नयाँगाउँ च्याम्पियन, भलिबलको उपाधि तल्लो नयाँगाउँलाई

पोखरा, ७ माघ, पोखरा वडा नं. १५ माआयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडाकार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारी लगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे । पुरूष फुटबल तर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबल तर्फ तल्लो नयाँगाउँटोल विकास संस्था च्याम्पियन बनेको छ ।… पुरा पढौ