जिवनशैली पत्रिका

पोखरामा अञ्जान एकल साँझ

अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एन.बी. अञ्जानको अञ्जान एकल साँझमा पोखरेली वाङ्मयप्रेमी रमेका छन् । भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित सम्पन्न एकल गजल गुञ्जनमा पोखरेली वाङ्मयसेवीले भरपुर मनोरञ्जन लिएका हुन् । विविध कार्यक्रमसहित सन्दर्भको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए । अतिथि… पुरा पढौ

क्यानका महानिर्देशक अधिकारीद्धारा पोखरेलीलाई कालिदास नवन्न आग्रह (भिडियो सहित), पोखराबाट चार्टर्ड फ्लाईट बढाउन क्यानको सुझाव

दीननाथ बराल,पोखरा १०, पुष, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई.प्रदिप अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्ने बिषयमा पोखरेलीलाई कालिदास नवन्न आग्रह गर्नु भएको छ । नाट्टा गण्डकीले बुधबार पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शिघ्र संचालन सम्बन्धमा आयोजित छलफल कार्यक्रममा वोल्दै उनले पोखरा विमानस्थल निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण भई सकेको बिषयमा अनावश्यक तर्क कुर्तक नगर्न सुभाव दिदै कालिदास नवन्न पोखरेलीलाई आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=3myHIXnH6cU नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको ४÷४ गरी… पुरा पढौ

बीवाईडीको एमपीभी एम ६ पोखरामा सार्वजनिक, १ सय जना ग्राहकलाई चावी हस्तान्तरण

दीननाथ बराल, पोखरा १०, पुष, बहुचर्चीत विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले पर्यटनको राजधानी पोखरामा एमपीभी एम ६ गाडी सार्वजनिक गरेको छ । पोखराको पाँमे फाँटमा सुरु भएको बिवाईडी वेलुन महोत्सवको अवसरमा उक्त गाडकीको सार्वजनिक गरिएको हो । उक्त कम्पनीले देश भरका ग्राहकहरुलाई पोखरामा भेला गराई एक सातामा बुकिङ भएका १ सय वटा गाडी समेत ग्राहकहरुलाई चावी हस्तान्तरण गरेको छ । पोखरामा उक्त गाडीको मंगलबार र्याली समेत प्रर्दशनी गरिएको थियो । पोखराको बेलुन महोत्सव स्थल फेवाफाँट देखि खपैदी, लेकसाइड,न्यूरोड, महेन्द्रपुल, पृथ्बीचोक,… पुरा पढौ

प्रतिभा माविमा कक्षा प्रतिनिधिका लागि प्रशिक्षण

पोखरा, पुस १०, पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १ सय ६० जना कक्षा प्रतिनिधि (सिआर)का लागि यो कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थी मध्ये हरेक कक्षाबाट ४ जनाका दरले कक्षा प्रतिनिधि चयन गरिएको छ । तिनै विद्यार्थीका लागि नेतृत्व विकास तालिम दिइएको हो । ‘विद्यार्थीमा अन्तरनिहीन क्षमता विकास गर्नका… पुरा पढौ

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

पोखरा, पुस १०, रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण… पुरा पढौ

नेपालको यात्रा एक कास्यमा सिमित

काठमाण्डौं, १०, पुष, काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कास्यमा सिमित हुँदै समाप्त भएको छ । आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाईनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी संग २१–१५, २१–१७ ले पराजित भए पश्चात नेपाल एक कास्यमा खुम्चिन गएको हो । यस अघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका… पुरा पढौ

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

लेखनाथ, १० पौष, लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि ऋषिकान्त पौडललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ । पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालिन अध्यक्ष भीमपाणि बराल रहेका थिए । दुई दशक अघि गोल्डेन… पुरा पढौ

वुमन्स च्यालेन्जर कप टि२० क्रीकेट प्रतियोगिता पहिलो दिन ः अकला र विन्ध्यवासिनी विजयी

पोखरा १० पुस पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा आजबाट प्रतियोगिता सुुरु भएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराही माथि १० विकेटको जित हासिल ग¥यो । ९८ रनको विजयी लक्ष्या पाएको टिम अकलाले ९.४ ओभरमा पुुरा ग¥यो । ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रनको योगदान दिइन ।… पुरा पढौ

पोखरामा बिहीबार देखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुँदै

पुष १०,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक… पुरा पढौ

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

पोखरा, १० पुस, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना… पुरा पढौ